दाङमा हलचल मच्छाएका एसएसपी धीरजप्रताप काठमाडौंमा

काठमाडौं, चैत्र २८ । नेपाल प्रहरीका कुशल अधिकृत एसएसपी धीरजप्रताप सिंहले महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको जिम्मेवारी पाएका छन् ।

प्रहरी संगठनमा जुझारु, इमानदार र कुशल अधिकृतका रुपमा पहिचान बनाएका सिंह यस अघि प्रदेश एकाई प्रहरी कार्यालय ( वाग्मती अञ्चल प्रहरी प्रमुख) को जिम्मेवारीमा थिए ।

दाङमा प्रहरी प्रमुख (एसपी) छदाँ उनले अफिम खेतीबिररुद्ध अभियान, नक्काली सिम प्रयोग गरि लूटपाट गर्ने ग्याङको सफाया गर्नेदेखि लिएर गुन्डागर्दी बिरुद्द आपरेशन संचालन गरेर शान्ति सुव्यवस्था कायम गर्नेमा ठूलो योगदान पुर्याएका थिए ।

याे पनि पढ्नुस  एसपीसहित १६ प्रहरीमाथि छानबिन शुरु, कस्तो आउला नतिजा ?

दाङमा छदै एसपीबाट एसएसपीमा बढुवासँगै सरुवा भएर उनी तत्कालिन वागमती अञ्चल प्रहरी प्रमुख बनेका थिए ।

दाङ जानु भन्दा पहिलो उनी पर्सा प्रहरी प्रमुख थिए । नेपालको प्रमुख व्यापारिक नाकाबाट हुने सुन तस्करदेखि अवैध सामानको ओसारपसार विरुद्ध सक्रिय रुपमा अपरेशन संचालन गरेका थिए सि‌ह र सफल पनि । एसपी धीरज भनेपछि अवैध काराेबार गर्नेकाे साताे जाने वातावरण बनेकाे  थियाे वीरगंजमा । धेरै हदसम्म तस्करीकाे धन्दा पनि नियन्त्रण भएकाे बताइन्छ ।

याे पनि पढ्नुस  एसएसपी बढुवाको कानूनी बाटो खुल्यो, ३३ जना एसपी प्रतिस्पर्धामा

प्रहरी संगठनमा चरम राजनीतिकरण र गुटबन्दी सक्रिय रहेका बेला नागरिकको जीऊ धनको सुरक्षा र शान्ति र अमनचैन कायम गर्न सधै लागि पर्ने सिंह महानगरीय प्रहरी अपराध महाशाखाका लागि उपयुक्त पात्र भएको जानकारहरु बताउँछन् ।

हत्या, हिंसा र संगठित अपराधविरुद्द सक्रियतापूर्वक अभियान चलाउन अनुभव बटुलेका सिंहका लागि काठमांडौमा शान्ति सुरक्षा अवस्था सुदृढ़ बनाउन चुनौती रहेको छ । यद्यपि राजधानीको अनुभव उनका लागि नयाँ भने होइन ।

याे पनि पढ्नुस  एसएसपी पोखरेल डीआईजीमा बढुवा सिफारिस

पछिल्लो समयमा संगठित अपराधको हब बन्न थालेको काठमाडौको शान्ति सुरक्षाको अवस्था मजबूत बनाऊन उनले दाङ र बिरगंजमा छदाँ बटुलेको अनुभवले महत्व राख्ने सुरक्षा विद बताउँछन् ।

फाइल फाेटाे

कमेन्ट गर्नुहोस्