विमान दुर्घटनामा २५७ जनाकाे मृत्यु

काठमाडौं, चैत्र २८ । अल्जेरियामा सेनाको विमान दुर्घटना हुँदा २५७ जनाको मृत्यु छ । मृत्यु हुनेमा अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य रहेकाे त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो।

याे पनि पढ्नुस  भयानक दुर्घटनाः १८८ जना सवार जहाज समुन्दमा खस्यो

मृत्यु हुनेमा सबै सैनिक अधिकारीहरु रहेको रक्षा मन्त्रालयले बताएको छ । दुर्घटनामा चालक दलका १० जना सबैको मृत्यु भएको बताइएको छ ।

दुर्घटनाको कारण अहिलेसम्म पत्ता नलागेको अधिकारीहरुले बताएका छन् । तर प्रत्यक्षदर्शीका अनुसार विमान ठूलो धुवाँको मुस्लोसहित जमीनमा खसेको बताएका छन् । सेनाका प्रमुखले दुर्घटनाबारे अनुसन्धानका लागि आदेश दिइसकेको छन् भने घटनास्थलको भ्रमण जाने पनि उल्लेख छ ।

याे पनि पढ्नुस  विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि, काे-काे परें ?

तर अधिकारीहरु उद्दार कार्य जारी रहेको जानकारी दिएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । अहिलेसम्म विमानमा कति जना थिए भन्ने बताइएको छैन ।

यसलाई सन २००३ पछिको दोस्रो ठूलो विमान दुर्घटना हो भने सन २०१४ पछि पहिलो । यसअघि सन २०१४ मा मलेसियन एयरलाइन्सको विमान दुर्घटना हुँदा २९८ जना अहिलेसम्म अज्ञात छन् । भने विमान पनि भेटिएको छैन ।

याे पनि पढ्नुस  प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोली विमान दुर्घटनास्थलमा

कमेन्ट गर्नुहोस्