प्रहरीको छबी र उचाई बढाउन दृणसंकल्पसाथ लाग्ने छु : आइजीपी खनाल

काठमाडौ‌ं, चैत्र २८ । नेपाल प्रहरीको प्रमुखमा मंगलबार नियुक्त भएका डीआइजी सर्बेन्द्र खनालले बुधबार आइजीपीको पदभार सम्भालेका छन् ।

प्रहरी संगठनको उचाई थप बढाउन दृणसंकल्पसाथ लाग्ने बताएका छन्।

बुधबारदेखि अवकास पाउन लागेका आइजीपी प्रकाश अर्यालको विदाई कार्यक्रममा बोल्दै खनालले भनेँ, ‘नेपाल प्रहरीको छबी र उचाई बढाउन दृणसंकल्पसाथ लाग्ने छु।’

याे पनि पढ्नुस  आइजिपीमा सर्वेन्द्र खनाल बढुवा भएलगत्तै रमेश खरेलद्वारा राजीनामा घोषणा

अर्याललगायत सबै एआईजीसहित २६ उच्च प्रहरी अधिकृतले ३० वर्षे सेवा अवधिका कारण बुधबार अनिवार्य अवकाश पाउँदैछन्।

खनालले सम्पुर्ण प्रहरी कर्मचारीको हकहितमा काम गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे। फाइल फाेटाे

 

कमेन्ट गर्नुहोस्