आइपिएलमा दिल्लीको लगातार दोस्रो हार, सन्दीपले फेरि मौका पाएनन्

जयपुर, चैत २९ । इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ। वर्षाले प्रभावित बुधबारको खेलमा दिल्लीलाई १० रनले हराउँदै राजस्थान रोयल लगातार दोस्रो खेलमा विजयी भएको हो।

डर्क वर्थ लुइस (डिएल) नियमका आधारमा राजस्थानले दिल्ली डेयर डेभिल्सलाई १० रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो। राजस्थानले पुरा २० ओभर नखेल्दै वर्षा भएको थियो। वर्षा रोकिएपछि डिएलका आधारमा दिल्लीले ६ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो ।

याे पनि पढ्नुस  आइपिएल क्रिकेट : पञ्जाब प्लेअफमा पुग्ने सम्भावना कमजोर

तर, दिल्लीले ६ ओभरमा ४ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि क्रिस मोरिसले अविजित १७ रन बनाउँदा ग्लेन म्याक्सवेलले १७ रन बनाए। रिसव पन्तले २० रन थपे पनि त्यो जितका लागि पर्याप्त रहेन। राजस्थानका बेन लौगलिनले २ विकेट लिएका थिए।

याे पनि पढ्नुस  आइपियल क्रिकेटमा कोलकाताको तेस्रो शानदार जित

यसअघि राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। उसका लाग कप्तान अजिन्का रहानेले ४५ रन बनाए भने सन्जु समसनले ३७ रन जोडे।

त्यस्तै जोस बटलरले २९, बेन स्टोक्सले १६, राहुल त्रिपाठीले अविजित १५ रन बनाए । दिल्लीका लागि सहबाज नदिमले २ तथा ट्रेन बोल्ट र मोहम्मद सामीले समान १-१ विकेट लिए।

याे पनि पढ्नुस  पुणे आइपिएल क्रिकेटको फाइनलमा

नेपाली बलर सन्दीपले दिल्लीको दोस्रो खेलमा पनि मौका पाएनन्। आइपिएलमा बिहीबार सनराइजर्स हैदरवाद र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्ट गर्नुहोस्