नेप्से अपडेटः कारोबार सुरु भएको एकघण्टामा नेप्से ०.५३ ले प्रतिशत बढ्यो

काठमाडौं । बिहीबार नेप्से कारोबार सुरु भएको एकघण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ । कारोबार शुरु भएदेखि बढेको बजार यस समयमा ६ दशमलव ७३ अङ्क बढेर १ हजार २ सय ८० दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

याे पनि पढ्नुस  २ बजेको अपडेटः नेप्से परिसूचकमा ०.४२ प्रतिशतले बढ्यो

कारोबार भएका ९५ कम्पनीको रू. ३ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका आठ समूहको परिसूचकमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ । आर्थिक अभियान दैनिकबाट

कमेन्ट गर्नुहोस्