शुक्लाफाँटा निकुञ्जका विस्थापित परिवारले गहुँ थ्रेसिङ गर्न पाउने

कञ्चनपुर, चैत ३० । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले विस्थापित परिवारलाई गहुँ थ्रेसिङ गर्नमा लगाएको रोक हटाएको छ।

निकुञ्जको ढक्का र तारापुर शिविरमा बस्दै आएका परिवारलाई गहुँ थ्रेसिङ गर्न एक साताको समय निर्धारण गरेको छ। चैत २८ गते देखि बैशाख ३ गते भित्र गहुँ थ्रेसिङ गर्न दिने सहमती भएको छ।

प्रतिनिधी सभा सदस्य नर बहादुर धामीको पहलमा  निकुञ्ज कार्यालयले विस्थापीत परिवारलाई गहुँ थे्रसिङ गर्नका लागि सहमती जनाएको हो।

निकुञ्ज कार्यालयका प्रमुख, विस्थापीत परिवार र प्रतिनिधि सभा सदस्य धामी सहितको छलफलमा व्यवहारीक रुपमा गहुँ थे्रसिङ गर्न दिने सहमती भएको छ।

गृह जिल्ला कञ्चनपुर आएका बेला मानविय समस्या बुझि जसरी भएपनि गहुँ भित्र्राउने व्यवस्था मिलाईदिन विस्थापीत परिवारले प्रतिनिधि सभा सदस्य धामी संग आग्रह गरेका थिए। निकुञ्ज कार्यालयका प्रमुखले निर्वाध रुपमा गहुँ थे्रसिङ गर्न दिने सहमती दिएका छन प्रतिनिधि सभाका सदस्य धामीले भने, ‘कसैको रोकटोक हुदैन।’ वन निर्देशकले समेत यसमा सहमती दिएको उनले बताए ।

विभागको आदेश भन्दै निकुञ्ज प्रशासनले मेसिनबाट गहुँ थ्रेसिङ गर्नमा रोक लगाउदै आएको थियो। गत बर्ष धान समेत थ्रेसिङ गर्न दिईएको थिएन्। प्रतिनिधि सभाका सदस्य धामीको प्रयासले गहुँ थे्रसिङ गर्न पाईने भएपछि निकुञ्ज विस्थापीत परिवारले कृतज्ञता प्रकट गरेका छन।

यस अघि निकुञ्ज विस्थापीत परिवारले गहुँ थे्रसिङको व्यवस्था मिलाई दिन भन्दै वनमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानी मन्त्री बिना मगर, मुख्य मन्त्री त्रिलोचन भट्ट, प्रदेश सभा सदस्य महेश दत्त जोशी, लाल बहादुर खडका सम्म पुगेका थिए।

निकुञ्जको विस्तारीत क्षेत्र बाट हटाईएका विस्थापीत परिवार विसं २०५८ साल देखि शिविरमा बस्दै आएका छन। पुनः स्थापनका लागि दुई दर्जन आयोग बनेपनि हाल सम्म विस्थापित परिवारलाई पुनः स्थापन गरिएको छैन्।

कमेन्ट गर्नुहोस्