नयाँवर्ष मनाउन पर्यटकको राेजार्इमा परे तिलिचो ताल

मनाङ । नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ ।

नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । यहाँ नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको छ ।

याे पनि पढ्नुस  प्रतिबन्ध खुल्ला भएपछि पर्यटक खुशी

दशैँ तिहारको छुट्टीमा जस्तै नयाँ वर्ष मनाउन आफूहरुको रोजाइमा मनाङ परेको पर्यटक स्नेह कार्की बताउनुहुन्छ । विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल, मनाङ गाउँको काखमा रहेको गंगापूर्ण ताल र पिसाङमा रहेको पिसाङ ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

याे पनि पढ्नुस  सडक बनेको ६ वर्षपछि बल्ल मनाङमा बस गुड्यो, सर्वसाधारण हर्षित

हिमशृंखलाबाट बनेका तालतलैया र यहाँको मौलिक परम्पराले जो कसैलाई पनि मोहित बनाउँछ । यहाँको सौन्दर्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्छ । गत वर्ष नयाँ वर्षको दिन यहाँ करिब पाँच सयभन्दा बढी आन्तरीक पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

याे पनि पढ्नुस  मनाङमा एमालेको अग्रता कायमै, अझै ३ हजार मत गन्न बाँकी (राति १०ः३० बजेको अपडेट)

यसपटक उक्त संख्या दोब्बरले बढ्ने मनाङ जिल्ला पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । “मनाङ घुम्न आउने आन्तरिक पर्यटकका कारण यहाँका होटल भरीभराउ हुने गरेका छन्,” उहाँले भन्नुभयो । रासस

कमेन्ट गर्नुहोस्