‘डमरुको डण्डीबियो’ वैशाख २१ मा रिलिज

नेपाली चलचित्र डमरुको डण्डीबियोले शुक्रबार हेटौडामा पत्रकार सम्मेलन गरेको छ ।

चललिचत्रका नायक खगेन्द्र लामिछाने, निर्माता विनोद गुरुङ, नायिका लक्ष्मी बर्देवाको टोली हेटांैडा आइपुगी पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएको हो ।

आगामी वैशाख २१ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको प्रचारप्रसारको क्रममा हेटौडा आइपुगेको टोलीले चलचित्र खेलकुदलाई जोडेर मनोरञ्जनात्मक रुपमा चलचित्र निर्माण गरिएको जनाएको छ ।

याे पनि पढ्नुस  चलचित्र ‘प्रेमलीला’ अब फागुन १० गतेदेखि प्रदर्शनमा

कार्यक्रममा बोल्दै चलचित्रका नायक लामिछानेले नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डीबियो पछिल्लो समय लोप हुन लागेकोले राष्ट्रिय खेलको उत्थानको लागी चलचित्र निर्माण गरिएको बताए । उनले चलचित्र डमरुको डण्डीबियो मौलिक चलचित्रका साथै मनोरञ्जनात्मक भएकाले हलबाट कसैले पनि निराश भई फर्कन नपर्ने बताए ।

याे पनि पढ्नुस  इटहरी पुग्यो ‘शत्रुगते’ का टिम, स्टेजमै दर्शकहरु पल र आँचलसँग सेल्फी शो (भिडियोसहित)

चलचित्रका निर्माता गुरुङले चलचित्रले दर्शकहरुको मन जित्ने बताए । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुहोस्