नारायणगढ मुग्लिन सडकखण्ड बन्द नहुने

काठमाडौं, चैत्र ३० । नयाँ वर्षका दिन नारायणगढ मुग्लिन सडकखण्ड बन्द नहुने भएको छ । दैनिक ६ घण्टा बन्द गरेर निर्माणको काम भइरहेको नारायणगढ मुग्लिन सडक भोलि नयाँ वर्षका दिन भने खुला रहने छ ।

जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार नारायणगढ मुग्लिन सडक आयोजनाले बैशाख १ गते शनिबारका दिन सडक बन्द नगर्ने जनाएको छ ।

अरु बेला बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरेर निर्माणको काम हुँदै आएको नारायणगढ मुग्लिन सडक, नयाँ वर्षको दिन खुल्ला रहने प्रहरी निरीक्षक पन्तले बताए । नारायागढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउन निर्माणको काम भइरहेको छ ।

तीन वर्षअघि सुरु भएको काम अब अन्तिम चरणमा छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिलेसम्म निर्माणको ८८ प्रतिशत काम पूरा भएको छ ।

जेठको अन्तिमसम्म काम सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । आइतबार देखि सो सडक पहिलेको जस्तै ६ घण्टा नै बन्द हुने छ ।

कमेन्ट गर्नुहोस्