सुन प्रकरणमा मुछिएका चौधरीले आत्महत्या गरे, प्रहरी प्रमुख छानविनमा

काठमाडौं, बैशाख १ । अवैध रुपमा नेपाल प्रवेश गरेको ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा समातिएका एक अभियुक्तले प्रहरी हिरासतभित्रै आत्महत्या गरेका छन् ।

काठमाडौं, बैशाख १ । अवैध रुपमा नेपाल प्रवेश गरेको ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा समातिएका एक अभियुक्तले प्रहरी हिरासतभित्रै आत्महत्या गरेका छन् ।

याे पनि पढ्नुस  सुनकाण्डमा पक्राउ परेका एसएसपी खत्री थप चार दिन हिरासतमा

उक्त सुन कान्डमा संलग्न रहेको अभियोगमा बर्दियाको राजापुर निवासी प्रेम चौधरीले महानगरीय प्रहरी बृत्त सिंहदरबारको थुनुवा कोठामा नै आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सिंहदरबार प्रहरीको लापरवाहीका कारण चौधरीले आत्महत्या गरेको पीडितका परिवारले बताएका छन् ।

त्रिभुवन विमानस्थलमा लोडरका रुपमा कार्यरत रहेका चौधरीको आत्महत्यापछि प्रहरी प्रमुख अपिल बोहोरालाई महानगरीय आयुक्त कार्यालयले आन्तरिक रुपममा छानविन गरिरहेको छ ।
-नेपाल समाचारपत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्