रुकुमेली युवाले आविष्कार गरे २० उपकरण, यी हुन अनौंठा उपकरण

रुकुम, बैशाख १ । रुकुम पश्चिमका एक युवाले प्रविधिको प्रयोग गरेर विभिन्न उपकरण निर्माण गरेका छन् ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का बसन्त ओलीले २० भन्दा बढी उपकरण निर्माण गरेका छन् । उनले निर्माण गरेका चोर पत्ता लगाउनेदेखि पानी बन्द गर्ने मेसिनसम्मका उपकरणहरु निकै चर्चित छन् ।

इलेक्ट्रोनिक सवईन्जिनियर तेस्रो वर्षमा अध्ययनरत २१ वर्षिय ओलीले करिब एक वर्ष अघिबाट विभिन्न आश्चर्यजनक प्रविधिको विकास गर्दै आएका छन् ।

याे पनि पढ्नुस  २६ वर्षमै तहल्का मच्याउँदै युवा व्यापारी भण्डारी

उनले निर्माण गरेका उपकरणको सहायताले फोन गरेर नै राईसकुकर, फ्रिजलगायतका केही उपकरणलाई अन अफ गर्न सकिने छ ।

घरमा कोही नभएका बेला चोर पसेको पत्ता लगाउन सकिने सेक्युरिटी सिस्टम, वाटर सेल्सर, पाँच मिटर टाढाबाट बत्ती अन अफ गर्न सकिने र रिमोटबाट बन्द ढोका खोल्न सकिने, घरमा बलेको बत्ती तथा फ्यान पनि बन्द गर्न सकिने उपकरणको विकास उनले गरेका हुन् ।

याे पनि पढ्नुस  २६ वर्षमै तहल्का मच्याउँदै युवा व्यापारी भण्डारी

उनले ताली बजाएर पनि बत्ती अन अफ गर्न सकिने तथा पानीको सतहसमेत पत्ता लगाउने उपकरणको विकास आफूले गरेको दाबी गरेका छन् ।

७० हजार रुपैयाँभन्दा बढी रकम खर्च गरेर विभिन्न देशबाट इलेक्ट्रिक सामग्री खरिद गरेका ओलीले आफूले बनाएका २० भन्दा बढी उपकरणले सफलता पाएको दाबीसमेत गरेका छन् ।

याे पनि पढ्नुस  २६ वर्षमै तहल्का मच्याउँदै युवा व्यापारी भण्डारी

तर, अहिले सम्म धेरै नयाँ उपकरणको विकास गर्दा कसैले पनि सहयोग नगरेको उनले बताए ।

नयाँ आविष्कार गरेका उपकरणहरुलाई अब कम्पनी मार्फत व्यवसायिक रुपमा अगाडी बढाउने उनले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्