ओस्कार विजेता निर्देशक मिलोसको निधन

काठमाडौं, वैशाख १ । ओस्कार विजेता फिल्म निर्देशक मिलोस फोर्म्यानको ८६ वर्षको उमेरमा निधन भएको छ। उनी हलिउड फिल्म ‘वान फ्ल्यु ओभर द कुक्कुज नेस्ट’ का लागि १९७५ मा ओस्कार जितेका थिए।

चेकोस्लोभाकियामा जन्मेका फोर्म्यान १९८४ मा ‘आमाडेओस’ फिल्मका लागि उत्कृष्ट निर्देशकको ओस्कार अवार्ड हात पारेका थिए।

उनी १९३२ मा जन्मेका फोर्म्यानको शुक्रबार अमेरिकामा निधन भएको हो । १९६८ मा अमेरिका पसेका उनी ७० को दशकमा अमेरिकी नागरिक बनेका थिए। एजेन्सी

कमेन्ट गर्नुहोस्