लुम्बिनी विश्वविद्यालयलाई पर्यटन र प्राविधिक बनाइनेः शिक्षामन्त्री बराल

गुल्मी । पहिलेदेखि व्यावहारिक शिक्षामा जोड दिँदै आएका ५ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले लुम्विनी विश्वविद्यालयलाई पर्यटन र प्राविधिक शिक्षालयका रुपमा रुपान्तर गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार बिहान गुल्मीको चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री बरालले यस्तो कुरामा जोड दिएका हुन् । धार्मिक र पर्यटकीय क्षेत्र लुम्बिनीमा दक्ष जनशक्ति उत्पादन गर्न र यस प्रदेशको कृषि विकासका लागि पनि जनशक्तिको खाँचो भएकोले उक्त विश्व विद्यालयलाई ती दुई विषयको पठनपाठन गराउन जरुरी भएको उनको धारणा रहेको छ ।

त्यस्तै, दाङको साँस्कृतिक विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालमा रुपान्तरित गर्ने पहल भइरहेको समेत जानकारी दिए । ती दुई विश्वविद्यालय प्रदेशिक सरकारलाई हस्तान्तरण गर्न भनिएको, यदि भएन भने अर्को प्रादेशिक विश्व विद्यालय स्थापना गरेरै पनि यहाँको उच्च शिक्षाको पहुँच गरीबसम्म पुर्याउन प्रदेश सरकारको जोड रहेको उनले बताए ।

याे पनि पढ्नुस  पहिरोले पुरेर एकै परिवारका चार जनाको मृत्यु, सिङ्गो गाउँ उच्च जोखिममा

जिल्ला शिक्षा कार्यालय खारेज भई इकाईमा परिणत भएको तर सो कार्यालय प्रशासन मातहतमा रहनु भनेको कर्मचारीले संघीयताको मर्म नबुझ्नु रहेको कुरा मन्त्री बरालले दोहोराएका थिए ।

उनले हिजो नयाँवर्षको खुशी र शुभकामना आफ्नो जन्मस्थान चन्द्रकोटवासीसँग साटासाट गरेका थिए । उनलाई आफ्नो गाउँ हर्राचौरका कालिका आमा समूहसहितका गाउँवासीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

मन्त्री बरालले अमुल्य मत दिई आफूलाई अहिलेको स्थानसम्म पुर्याउने क्षेत्र नं.१ प्रदेश १ र सिंगो गुल्मी जिल्लावासीलाई धन्यवाद दिँदै जनताले आफूप्रति गरेको आशा भरोसा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै नयाँवर्षको शुभकामना दिएका दिए ।

याे पनि पढ्नुस  दुई महिनासम्म पनि विद्युत् सेवा सञ्चालन भएन

हिजैमन्त्री बरालले चन्द्रकोटमै आयोजित छैंठौं ध्वादी महोत्सव २०७४–०७५ को पनि उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बरालले विकासमा नमुना गुल्मी बनाउन यहाँबाट निर्वाचित जनप्रतिनिधिमात्र नभई सबै राजनीतिक दल र विकासप्रेमी सकै पक्ष एक ढिक्का हुनुपर्नेमा जोड दिएका थिए ।

उनले हर्राचौरको गैढुुङ्गास्थित गुरुङ समुदायको योजा तमु सामाजिक भवनको समेत उद्घाटन गरेका थिए । आइतबार बिहान चन्द्रकोट बहुमुखी क्याम्पसको विकासबारेमा पनि प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता जहारे गरेका थिए ।

अन्तक्रिया कार्यक्रममा चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्री, उपप्रमुख राधिका उपाध्याय लगायतका जनप्रतिनिभि, राजनीतिक दल र सरोकारवालाको सहभागिता रहेको थियो ।

याे पनि पढ्नुस  गुल्मीमा अनौठो प्रकारको गाई हेर्न मानिसहरुको घुइँचो

आइतबार मन्त्री बरालले शान्तिपुर इलाका सामुदायिक विद्युतीकरण उपभोक्ता समुहद्वारा आयोजित सम्मान कार्यक्रमपछि सहकारी संस्था र अन्य संघसंस्थाका कार्यक्रममा सहभागी हुने र आइतबार नै
उनको पार्टी माओवादी केन्द्रको भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री बरालका स्वकीय सचिव यदु ज्ञवालीले जानकारी दिए ।

मन्त्रीका सहयोगी पत्रकार रुद्रहरि कुँवरका अनुसार मन्त्री वराललाई त्यहाँका सवै राजनैतिक दल र सर्वसाधरणले भव्य स्वागत गरेका थिए । उनि मन्त्री भएपछि पहिलो पटक आफूले पाएको अवसर र नयाँवर्षको खुशी साट्न आफ्नो गाउँ पुगेका हुन् ।

तस्वीरः मन्त्री वराल सहभागी त्यहाँका विभन्न कार्यक्रमका झलकहरु

कमेन्ट गर्नुहोस्