असार २९ गते ‘विरङ्गना’ प्रदर्शनमा

काठमाडौं । शिल्पा पोखरेल र अनुपविक्रम शाही अभिनित नेपाली चलचित्र विरङ्गना आगामी असार २९ मा देशभर रिलिज हुने भएको छ ।

निर्देशक राजबहादुर सानेले आफ्नो जन्मदिनमा चलचित्रको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु सशस्त्र प्रहरीका नवनियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै फिल्मको रिलिज हुने मिति तय गरिएको हो ।

फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि.के फिल्मस्का गोपालका यस्थ र काठमाडौंबाहिर एफडि कम्पनीले लिएका छन् । नारी प्रदान चलचित्रलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको विरङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा शिल्पा र अनुपविक्रमका अलवा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोइराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।

केही तस्वीरहरु-

कमेन्ट गर्नुहोस्