आएपीएलको शीर्षस्थानमा सनराइजर्स हैदराबाद, बेंग्लोर र राजस्थान भिड्दै

काठमाडौं, वैशाख २ । इन्डियन प्रीमियर लीग (आइपीएल)को ११ औं संस्करण अन्तर्गत आइतबार दुईवटा खेल हुदैछन् । अपरान्ह ४ बजे हुने पहिलो खेलमा बेंग्लोर र राजस्थान भिड्दै छन् भने राति सवा ८ बजेपछि सुरु हुने दोस्रो खेलमा चेन्नई र पञ्जाव भिड्दै छन् ।

शनिबार भएको खेलमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । कलकातामा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराउँदै हैदराबादले तेस्रो जित निकालेको हो ।

याे पनि पढ्नुस  पूर्वमुख्यमन्त्री लालुप्रसाद जेल चलान

घरेलु टोलीले दिएको १३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । हैदराबादको जितमा केन विलियम्सनले ५०, सकिव अल हसनले २७ र ऋद्दिमन सा ले २४ रन बनाए ।

जितसँगै अहिलेसम्म खेलेका तीनवटै खेल जितेको हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा छ । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । कोलकाताका क्रिस लायनले ४९ र दिनेश कार्तिकले २९ रन बनाएका थिए ।

याे पनि पढ्नुस  एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट

अर्को खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। नेपालका युवा स्पनिरन सन्दीप लामिछाने आवद्ध दिल्लीको यो पहिलो जित हो। यसअघि दिल्ली लगातार २ खेलमा पराजित भएको थियो। सुरुवाती तीनै खेलमा सन्दीपले भने मौका पाउन सकेनन्। मुम्बई भने लगातार तेस्रो खेलमा पराजित भयो।

याे पनि पढ्नुस  आइपीएलः विराटको टिमविरुद्ध आज सन्दीपले पाउलान् मौका?

मुम्बईले दिएको १ सय ९५ रनको लक्ष्य दिल्लीले अन्तिम बलमा ३ विकेटको क्षतिमा पार गर्योग। दिल्लीको जितमा ओपनर जासन रोएले नटआउट ९१ रन जोडे। उनले ५३ बलमा समान ६–६ चौका र छक्का प्रहार गरे। रिशव पन्तले २५ बलमा ४७ र श्रेयर एयर नटआउट २७ रन बटुले।

कमेन्ट गर्नुहोस्