बिडिसिए क्रिकेट कप: फाइनलमा त्रिपुरा

बैतडी, वैशाख २ । बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिपुरा क्रिकेट क्लब प्रवेश गरेको छ ।

आइतबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो ।

याे पनि पढ्नुस  पहिलाे पटक अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट

दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सबै विकेट गुमाउँदै १५३ रङ मै सीमित रहन पुग्यो ।

त्रिपुराका लागि तेज चन्दले शतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए ।

बलिङतर्फ खोड्पेका कृष्ण बिष्टले दुई विकेट लिए ।

याे पनि पढ्नुस  सुदूरपश्चिम क्रिकेट टिमको अनौठो रेकर्ड, विपक्षी टिम ४ रनमै अलआउट !

दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए ।

बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । शतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत चैत २५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ ।

याे पनि पढ्नुस  धनगढी प्रिमियर लिग टि–ट्वेन्टी क्रिकेट (डिपिएल)को दोस्रो संस्करण माघ ५ गतेदेखि

प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्