चिनीमा युरिया भेटिएपछि कारबाही शुरु

खोटाङ, वैशाख ३ । दिक्तेलस्थित एक पसलबाट बिक्री गरिएको चिनीमा युरिया मल मिसिएको भेटिएपछि प्रशासनले कारवाही शुरु गरेको छ ।

ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको भेटिएपछि पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय खोटाङमा झिकाएर कारवाही थालेको हो ।

उपभोक्ताको गुनासोपछि प्रशासनले चिनीमा मिसावट भए÷नभएको अनुसन्धान गर्न शुक्रबार पाण्डे भेराइटिजको गोदाम र पसल सिलबन्दी गरेको थियो । पसल तथा गोदाम सिलबन्दीपछि प्रशासनले आइतबार पाण्डेलाई प्रशासनमा झिकाएर बयान लिइएको छ ।

याे पनि पढ्नुस  वर्षाको भरमा पुन:निर्माण गर्न बाध्य !

तराईबाट मिसावट भएको चिनी ल्याइएको वा दिक्तेलमै मिसावट गरिएको भन्ने अनुसन्धानपछि मात्र पुष्टी हुने निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यदि मिसावट नै भएको पाइएमा कानून बमोजिम कारबाही हुन्छ ।”

एक ग्राहकले चिनीको प्याकेटमा युरिया मिसिएको पाएको गुनासो गरेपछि गोदाम तथा पसल सिलबन्दी गर्नुसाथैका सञ्चालक पाण्डेलाई नियन्त्रणमा लिएर तारिखमा छाडेको थियो । मिसावट भेटिएको भनिएको चिनीको बोरा दुई हप्ताअघि मात्र उदयपुरको कटारीबाट ल्याइएको सञ्चालक पाण्डेले बताएका छन् ।

याे पनि पढ्नुस  बाँदर आतंकले बसाइ नै सार्नुपर्ने अवस्था !

दिक्तेलस्थित सल्लेरी टोलमा सञ्चालित पाण्डे भेराइटिजको गोदाम र पसलबाट यसअघि पनि उपभोक्ता ठगिएको गुनासो आउने गरेको थियो । पछिल्लो समय उपभोक्ताले प्रशासनलाई दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुग्नुअघि नै मिल्काउन पठाउन लागिएको तीन बोरा चिनी र ना ५ ख ७१३० नं को ट्रक रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ ।

याे पनि पढ्नुस  चिनीमा भन्सार बढाउने प्रस्ताव

जिल्लाका सरकारी कार्यालयले सबैभन्दा बढी समान खरिद गर्ने पाण्डे भेराइटिजको पसलबाट गतवर्ष एक उपभोक्तालाई ठगी गरेको उजुरी भन्दै प्रशासनमा उजुरी परेको थियो । उसबेला प्रशासनले पाण्डेलाई सामान्य जरिवाना लिएर छुटकारा दिएको स्रोतले जनाएको छ ।

पाण्डेले कमसल जस्तापातामा गुणस्तरीय चिन्ह लगाएर, कमसल काँटीलाई गुणस्तरीय मूल्य लिएर बिक्री गर्नुका साथै विभिन्न समान खरिद गरेको भ्याट तथा पान बील उपलब्ध गराएर करोडांैं ठगी गर्ने गरेको गुनासो छ ।

कमेन्ट गर्नुहोस्