भोली ९ बजे एकता संयोजन समितिको बैठक बोलाए ओली र प्रचण्डले, मिल्ला त कुरो ?

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रम तथा एमाले अध्यक्ष केपी ओलीबीचको छलफलमा वैचारिक र सांगठनिक विषयमा सहमति जुटाउन एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ ।

विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

याे पनि पढ्नुस  बहसः २०४८ सालमा ‘बहुदलीय जनवाद’का बारेमा के भनेका थिए त मदन भण्डारीले ?

यसअघि दुबै कार्यदलले पार्टीको विधान र तत्कालिन राजनीतिक प्रतिवेदन (विचार) को मस्यौदा दुबै अध्यक्षलाई बुझाएका थिए ।

दस्तावेजमा दुबै पार्टीको इतिहासको सम्मान गर्दै संश्लेषण गरेर नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने अडान माओवादीले राखेपनि एमालेले भने जनयुद्दको स्पिरिट र मर्मलाई आत्मसात नगरेको माओवादीको आरोप रहेको छ ।

याे पनि पढ्नुस  एकताका नाममा माओवादी सिध्याउने भारतीय षडयन्त्र र एमाले प्रवृत्ति

पार्टी एकताका लागि टुंग्याउन बाँकी रहेका विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रचण्ड र ओलीबीचको बैठक करीब तीन घण्टा चलेको थियो। गत चैत्र २२ गते बसेको एकता संयोजन समितिको बैठकले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन पार्टी एकता गर्ने सहमति गरेको बताइएको थियो ।

याे पनि पढ्नुस  बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादबारे छिनोफानो एकता महाधिवेशनमा, तयार भयो ४२ पेजको राजनीतिक प्रतिवेदन

तर नेतृत्व, जनयुद्व, चुनाव चिन्ह, पार्टीमा पदाधिकारीको प्रतिनिधित्व लगायतका टुंग्याउन बाँकी रहेका विषयमा भने लामो समय छलफल नभएपछि आशंका पैदा भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्दको त्याग, बलिदान र उपलब्धिलाई स्वीकार नगरेसम्म एकता हुन नसक्ने कुरा एभरेष्टदैनिकडटकमसँगको अन्तर्वातामा व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्