१२ बजेको अपडेटः नेप्से परिसूचक ०.७२ प्रतिशतले बढ्यो

सर्वाधिक कारोबार हुनेमा बीमा

काठमाडौं । मंगलबार नेप्से कारोबार भएको पहिलो एकघण्टाको अवधिमा नेप्से शून्य दशमलव ७२ प्रतिशत बढेको छ ।

कारोबार शुरू भएदेखि बढेको बजार एकघण्टामा ९ दशमलव ३९ अंक बढेर १ हजार ३ सय ९६ विन्दुमा पुगेको छ । नेप्सेमा सर्वाधिक शेयर कारोबार हुने १० कम्पनीमा सबै बीमा कम्पनी रहेका छन् ।

कारोबार भएका १ सय १५ कम्पनीको रू। १३ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ । आठ समूहको परिसूचकमा ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ । होटल र लघुवित्त समूहको परिसूचक २ प्रतिशतभन्दा बढी रहेको छ ।

कमेन्ट गर्नुहोस्