पाकिस्तान-अफगानिस्तान सीमामा गोली हानाहान, पाँच पाकिस्तानी सैनिक र दुई अफगान नागरिकको मृत्यु

काठमाडौँ, पाकिस्तान र अफगानिस्तानको सीमामा भएको ताजा तनावमा पाँच जना पाकिस्तानी सैनिक मारिएका छन् । बिबिसीले जनाए अनुसार दुइ देशबीचको सिमा रेखा ‘ड्युरण्ड लाइन’मा अफगानी कबिलाका सदस्यहरूले पाँच पाकिस्तानी सैनिकलाई मारिदिएको तथा एक जनालाई अपहरण गरेका छन्।

अफगानिस्तानको खोस्त प्रान्तका गभर्नर हुकुम खान हबिबीले मारिने सैनिकहरूक शव र कब्जामा लिइएका सैनिकलाई पाकिस्तानी सेनालाई सुम्पिएको बताए।

याे पनि पढ्नुस  पूर्वविदेशमन्त्री हिना र विलावलको सेक्स भिडियोले मच्चायो हंगामा

यो झडपको मुख्य कारण पाकिस्तानी सेनाले अफगानस्तानसँगको आफ्नो सीमामा तारबार लगाउनु बुझिएको छ।

अफगानी अधिकारीहरूले झडपमा दुई अफगानी नागरिक मारिएको र तीन अन्य घाइते भएको जनाएका छन्। उनीहरूले पाकिस्तानी सैनिक अनधिकृत रूपमा अफगानी सीमाभित्र पसेपछि त्यहाँका स्थानीय र अफगानी सेनाले गोलाबारी सुरु गरेको थियो।

याे पनि पढ्नुस  प्रहरी चौकीमा आक्रमण, १३ प्रहरी र १० तालिबानको मृत्यु

पाकिस्तान र अफगानिस्तानबीच २ हजार ५ सय किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा रहेको छ जहाँ दुई देशबीच स-साना झडपका समाचारहरू अक्सर आइरहन्छन्।

 

कमेन्ट गर्नुहोस्