व्यापारिक मार्ग विस्तारमा जितपुर बजार बाधक

वीरगञ्ज । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक बनेको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढेपनि जितपुर बजारवासीले सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचना भत्काउन मानेका छैनन् ।

बारम्बार सूचना जारी गरे पनि जितपुर सिमरा उपमहानगरपालिका– ७ जितपुर बजारका बासिन्दाले २५ मिटरभित्रको संरचना हटाउन अटेर गरेकाले सो व्यापारिक मार्ग निर्माणमा ढिलाइ भएको हो ।

याे पनि पढ्नुस  अपडेट : वीरगञ्ज महानगरको प्रमुखमा विजय सरावगी निर्वाचित

स्थानीय प्रशासनको सहयोगमा वैशाख १० गतेभित्र डोजर लगाएर ती संरचना भत्काइने भएको छ । केन्द्रबिन्दुबाट दायाँबायाँ २५÷२५ मिटर सडक विस्तार गर्दा जितपुर बजार क्षेत्रमा ठूला साना गरी २०९ वटा घर भत्काउनु पर्ने योजना प्रमुख रवीन्द्र लाल दास बताउनुहुन्छ ।

पथलैया वीरगञ्ज औद्योगिक करिडोरदेखि आइसिपीसम्म सरकारले २०७३ असार २९ देखि निर्माण शुरु गरेको थियो । सो व्यापारिक मार्ग २०७५ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि जितपुर बजारवासीका कारण काम प्रभावित भएको दासले बताउनुभयो ।

याे पनि पढ्नुस  करेन्ट लागेर दुई जनाको मृत्यु

सरकारको रु तीन अर्ब ५३ करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्गमा रु एक अर्बको लागतमा तीनवटा पुल निर्माण हुने इन्जिनियर अशोक यादवले बताउनुभयो । पहिलो चरणमा छ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनीबिर्ताको परवानीपुरदेखि नयाँ बाइपास हुँदै अलौँस्थित आइसिपीमा जोडिएको छ ।

याे पनि पढ्नुस  छुटपूर्जी नदिँदा सकस

जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले सडक विस्तारको काम अगाडि बढाउन पहल गरिने बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्