घुस लिंदा लिंदै पक्राउ परे नरदेवी अस्पताल प्रमुख

काठमाडौँ, वैशाख ४। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नरदेवी आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख डा. रामदेव यादवलाई ३७ हजार घुस सहित रंगेहात पक्राउ गरेको छ। आयोगको टोलीले यादवलाई मंगलवार निवासबाटै नियन्त्रण गरेको हो।

आयोगका अनुसार अस्पतालमा तीन महिने अन द जव ट्रेनिङका लागि आएका आयुर्वेद सहायक पदमा अध्ययनरत विद्यार्थीहरूबाट यादवले एकहजार रुपैयाँका दरले घुस लिएका हुन। आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

 

कमेन्ट गर्नुहोस्