यी हुन् एमाले–माओवादी केन्द्रको एकतामा विवादित विषय

काठमाडौं, वैशाख ५ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताका विवादित विषयमा सहमति जुट्न नसकेपछि वैशाख ९ गते हुने भनिएको दुई पार्टी एकता घोषणा टरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीबीचको एकता संयोजन समितिको बैठकले पनि विवादित विषय टुंगो लगाउन नसकेपछि त्यसमा सहमति जुटाउन दुई पार्टीका अध्यक्षलाई जिम्मा दिएको छ ।

दुई पार्टीबीच सांगठनिक संरचनामा कुन पार्टीको कति संख्या रहने, ‘जनयुद्ध’लाई कसरी सम्बोधन गर्ने र चुनाव चिह्न के राख्ने भन्नेमा विवाद देखिएको हो ।

याे पनि पढ्नुस  वाम एकीकरणका लागि गठित दुबै कार्यदलको बैठक बस्दै

यस्तै, एकीकृत पार्टीको नेतृत्व सन्चालन कार्यविधि पनि तय भएको छैन ।

एकीकृत पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै अध्यक्ष हुने सहमति त भएको छ तर दुवै अध्यक्ष कार्यकारी हुने कि एउटा ‘सेरेमोनियल’ र अर्को कार्यकारी हुने भन्ने टुंगो लागेको छैन । पछिल्लो समय यो विषय पनि जटिल बनेको छ ।

दुई पार्टीबीच सांगठनिक संरचनाको अनुपातको विषय पनि जटिल बनेको छ । कार्यदलमा एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यीय बनाउनेमा सहमति भएपनि कुन पार्टीबाट कतिजना रहने भन्ने विवादित नै छ ।

याे पनि पढ्नुस  प्रचण्ड र ओलीको राष्ट्रपतिसंग छलफल जारी

एमाले सांगठनिक संरचना ७०–३० को अनुपातमा हुनुपर्ने अडानमा छ भने माओवादी केन्द्र समान हैसियत अर्थात् ५०–५० प्रतिशतको अडानमा छ ।

एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य राखेका दुई पार्टीमा संख्याको विषयलाई महत्व दिन नहुने बताउँछन्, पार्टी एकता संयोजन समितिका सदस्यसमेत रहेका एमाले महासचिव ईश्वर पोखरेल ।

विवादित विषयलाई शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले पनि टुंग्याउन नसकेपछि वैशाख ९ गते गर्ने भनिएको दुई पार्टी एकता घोषणा पनि टरेको स्वयं समितिकै सदस्यहरु बताउँछन् ।

याे पनि पढ्नुस  सकियो ओलीसँग निर्णायक छलफल, भोली दुबै दलको बैठक, पर्सी संयोजन समितिले प्रक्रिया टुंगो लगाउने

एकता संयोजन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कार्यदलले पेस गरेको प्रतिवेदन टुंगो नलागेकाले ९ गते एकता घोषणाको तयारी अपुग हुने बताउँछन् ।

दुवै पार्टीका नेताहरुले सार्वजनिकरुपमा अधिकांश विषयमा सहमति भइसकेको दावी गरेपनि पार्टी एकताका लागि महत्वपूर्ण विषयमा अझै सहमति हुन सकेको छैन ।

नेताहरुले पार्टी एकताका लागि प्राविधिक विषयमात्र बाँकी रहेको दावी गरेपनि दुवै दलका नेताहरुले एकीकृत पार्टीमा आफ्नो राजनीतिक सुनिश्चितता खोजेकाले एकता प्रक्रिया पेचिलो बनेको हो ।

कमेन्ट गर्नुहोस्