‘नायक’ प्रचण्डलाई ‘खलनायक’ बनाएर कसरी हुन्छ एकता ?

रामदीप आचार्य/

पार्टी एकताबारे कम्युनिष्टहरूको उद्देश्य

मान्छेले मान्छेमाथि गरिने सबै प्रकारका विभेदको अन्त्य गर्नु नै कम्युनिष्टहरूको वास्तविक उद्देश्य हो । गौतम बुद्धदेखि रोबर्ट ओवेनसम्मले मान्छेका दुःखका बारेमा गहन सोच, विचार, खोज र अनुसन्धान गरे । आफ्ना निकटतम् साथी फ्रेडरिक एङ्गेल्सको सहयोगमा कार्ल माक्र्सले पहिलो पटक वैज्ञानिक खोज अनुसन्धानको तथ्यको आधारमा एउटा सिद्धान्तको आविष्कार गरे जसलाई साम्यवाद भनिन्छ ।

आजसम्म ज्ञात तथ्यका आधारमा हाम्रो ब्रह्माण्डमा भएका अरबौं तारा र ग्रहहरूमध्ये पृथ्वी मात्रै हो, जहाँ जीवको अस्त्वि रहेको छ । यो अनुपम ग्रहमा रहेका जीवमध्ये मान्छे नै त्यस्तो सर्वश्रेष्ठ प्राणी हो जसले हाम्रो उत्पत्ति र अन्त्यबारे, हाम्रो वरपरको संसारबारे सोच्ने र जान्ने हैसियत राख्दछ । यो एकपछि अर्को गुणात्मक विकासको चरणमा रहेको छ । यो अनौठो ग्रहमा अवस्थित सर्वश्रेष्ठ प्राणीले नितान्त आफ्नो बारेमा मात्रै सोच्ने हो या सिङ्गो मानव जातिको बारेमा सोच्ने हो, आजको मुख्य सवाल हो ।

जनयुद्ध समग्र युुद्ध हो र यसले सामान्ती समाजका पूरै जरै हल्लाई दिएको हो । पेरिस कम्युनजस्तो दमनद्वारा केही महिनामै नामेट पारिएको पनि होइन । 

आजभन्दा छब्बीस सय वर्ष पहिले बुद्धले दुःख छ, दुःखको कारण छ र दुःखको निवारण छ भन्ने सरल तथ्य सार्वजनिक गरे । कार्ल माक्र्सले ऐतिहासिक भौतिकवादको जगमा आदिम साम्यवाददेखि वैज्ञानिक साम्यवादसम्मका रूपरेखा प्रस्तुत गरे । मान्छेको सबैभन्दा ठूलो दुःख मान्छे नै हो भन्ने माक्र्सको संश्लेशण हो । प्रकृतिसँगको सङ्घर्षमा मान्छेले श्रेष्ठता हासिल गर्दै गइरहेको छ । यद्यपि आज पर्यावरणीय समस्या विकराल रूपमा पनि रहेको छ । जीवको अस्तित्व रहेको एक मात्रै ग्रहमा रहेको प्राकृतिक साधन स्रोतमाथि मुठ्ठीभर मान्छेहरूको हालीमुहाली चल्ने र अरबौं मान्छेहरू तन्नम पल्टिने जुन स्थिति छ, यसको अन्त्य हुनु पर्छ । माक्र्सवाद यही हो । मान्छेको सबैभन्दा ठूलो दुःख मान्छे हो भन्नुको तात्पर्य हो कि मान्छेको शोषण मान्छेले गर्छ अतिरिक्त मूल्यका रूपमा र अरू रूपमा ।

यो वर्गीय शोषण हो । अरू रूपका शोषण भनेको जातीय उत्पीडन, लैङ्गिक उत्पीडन, सांस्कृतिक उत्पीडन, राष्ट्रिय उत्पीडनहरू हो । माक्र्सवादले एक रूपको मात्रै शोषणको अन्त्यको कुरा उठाएको होइन बरु सबै रूपको शोषणको अन्त्यको अन्त्यको कुरा उठाएको हो ।

जनयुद्धले उत्पादन गरेका नेता कार्यकर्ता काम लाग्ने जनयुद्ध काम नलाग्ने हुनै सक्दैन । यो फेरि श्रम चल्ने सीप चल्ने तर पानी नचल्ने जस्तै हो ।

सयौं वर्षदेखि शासन सत्तामाथि हालीमुहाली गरेर बसेको वर्गको लागि जति अप्रिय लागे पनि नेपाली जनयुद्धले शोषणका सबै रूपहरूमाथि धावा बोलेर एउटा स्वर्णिम इतिहास निर्माण गरेको हो । जतिबेला पेरिसका मजदुरहरूले विद्रोहको झण्डा उठाएका थिए माक्र्सले परिस्थिति अनुकूल नभएकाले त्यस्तो मूर्खता नगर्न भने जब मजदुरहरूले विद्रोह गरि नै हाले तब माक्र्सले अरू सबै काम थाँती राखेर विद्रोहलाई सहयोग गर्न भने । पछि माक्र्सले पेरिसका कम्युनार्डहरूको वीरतालाई उच्च सम्मान गर्दै यो सामाजिक क्रान्तिको प्रभात ठहर्ने छ भने ।

भलै त्यो एकहत्तर दिन मात्रै टिकेको थियो । के विद्रोहको क्रममा पेरिसका मजदुरहरूले कुनै पनि गल्ती गरेका थिएनन् होला ? किन माक्र्सले पेरिस कम्युनको शिक्षा भनेर लेखे ? उद्देश्य सही छ र कर्म पनि सही छ भने एक दुईवटा समस्याको आधारमा नेपाली जनयुद्धको मूल्याङ्कन हुन सक्दैन । इतिहासप्रतिको सही दृष्टिकोणको सवाल भनेको भविष्यप्रतिको दृष्टिकोणको सवाल पनि हो । केही मान्छेहरूले कमा र फुलिस्टपको आधारमा कम्युनिष्टहरू फुट्छन् भनेजस्तो सस्तो सवाल होइन ।

जब उनी आन्दोलनसँग जोडिए, उनी असाधारण व्यक्ति बने । नेपाली समाजको आजको परिवर्तनलाई आत्मासात् गर्ने हो भने यो परिवर्तनका नायक हुन् प्रचण्ड । नायकलाई खलनायकको जस्तो व्यवहार गरेर एकता कसरी सम्भव होला र ?

राजामहाराजाहरूले होइन जनताका छोराछोरीहरूले राष्ट्रिपतिदेखि शासन सत्ताका अङ्गमा निर्वाचित हुने गणतान्त्रिक प्रणाली, राज्यबाट सबैखाले धर्मलाई अलग गर्ने धर्म निरपेक्षता, जातीय उत्पीडनको अन्त्यको लागि समावेशी र समानुपातिक प्रतिनिधित्व आदि सवालहरू सामान्य सवाल होइनन् । एउटा तथाकथित उपल्लो जातिको मान्छेको लागि छुवाछूतको अन्त्य एउटा सामान्य सुधार हो भने स्वयम् दलितका लागि सयौं वर्षदेखिको उत्पीडनबाट मुक्तहुने क्रान्ति हो । भलै उत्पीडका वर्गीय रूपहरू बाँकी नै रहेका किन नहोऊन् । तसर्थ, नेपाली जनयुद्धलाई जनआन्दोलन, जनक्रान्ति, सुधार, परिवर्तन आदिआदि शब्दको खेलमा अल्झेर विश्लेषण गरिनु हँुदैन ।

जनयुद्ध समग्र युुद्ध हो र यसले सामान्ती समाजका पूरै जरै हल्लाई दिएको हो । पेरिस कम्युनजस्तो दमनद्वारा केही महिनामै नामेट पारिएको पनि होइन । अहिलेको सबै परिवर्तनको स्वामित्व लिने तर जनयुद्धको स्वामित्व नलिने कोही सही कम्युनिष्ट दृष्टिकोण होइन । हामी कम्युनिष्टहरू स्पार्टाकसदेखि यताका सबैखाले न्यायपूर्ण विद्रोहका पक्षपाति हौं । हामै्र धर्तीमा भएको विद्रोहको स्वामित्व किन नलिने ? नेपाली जनताको बीचमा यति ठूलो मात्रामा सेना गठन गरेर महिला, दलित, मधेसी, थारु, जनजाति, किसान, मजदुर अरू साराका सारा सामेल भएर गरेको विद्रोह नेपाली इतिहासको विरलै घटना हो । बरु यो कसरी सम्भव भएको थियो, त्योबाट सिक्न जरुरी छ । नेपाली जनयुद्ध आँधी हो, उथलपुथल हो, विद्रोह हो । यसलाई त्यसरी नै परिभाषित गरिनु पर्छ ।

साम्यवादको बाटोमा अगाडि बढ्ने सङ्कल्प बोकेको थियो, यसको उद्देश्य त्यही हो । जनयुद्धले उत्पादन गरेका नेता कार्यकर्ता काम लाग्ने जनयुद्ध काम नलाग्ने हुनै सक्दैन । यो फेरि श्रम चल्ने सीप चल्ने तर पानी नचल्ने जस्तै हो ।

नेतृत्वको सवाल

कार्ल माक्र्सले इतिहासमा नेतृत्व आवश्यकता र आकस्मिकताको मेलका रूपमा पैदा हुन्छ भने । समकालीन नेपाली इतिहासले त्यस्तै नेताको रूपमा प्रचण्डलाई पैदा गरेको हो । प्रचण्ड सामान्य व्यक्ति हुन् । एउटा किसान परिवारमा जन्मेका, दैविक शक्तिबाट आएका होइनन् । जब उनी आन्दोलनसँग जोडिए, उनी असाधारण व्यक्ति बने । नेपाली समाजको आजको परिवर्तनलाई आत्मासात् गर्ने हो भने यो परिवर्तनका नायक हुन् प्रचण्ड । नायकलाई खलनायकको जस्तो व्यवहार गरेर एकता कसरी सम्भव होला र ?

अन्त्यमा,

आजको नेपाली कम्युनिष्टहरू खासगरी माओवादी केन्द्र र एमाले बीचको एकता जनताले अनुमोदन गरेको ऐतिहासिक एकता हो । यो आजको युगको माग र आवाज पनि हो । हामी सबैको साझा सङ्कल्प र प्रतिबद्धता पनि हो तर तिर्खा लाग्न बित्तिकै नालीकै पानी त कहाँ पिउन सकिन्छ र ? माओवादी र एमाले फरक फरक पृष्ठभूमि, स्कुलिङ र धाराबाट आएको दुनियाँ सामु जगजाहेर छ । सम्मानजनक एकता हुनै पर्छ । एउटा अर्कोमा विलिन होइन । समाजमा अन्यायका विरुद्ध विद्रोह गर्ने पार्टीमा अन्याय सहने कुरा कल्पना पनि गर्न सकिँदैन ।

तसर्थ, एकतामा एकले अर्काको संवेदनशीलतालाई गहिरो गरी आत्मासात् गरिनुपर्छ । अहिले झ्यापझुप गरिहालौं भोलि देखा जायेगा भन्ने अर्थमा पार्टी एकता गरिनु हँुदैन । त्यो दिगो हुनु पर्छ र औचित्यपूर्ण पनि । हामी दुई चार वर्षको लागि एकता गर्दै छैनौं शताब्दियौंका लागि गर्दैछौं । हाम्रो जग बलियो हुनै पर्छ । सबै लागौं जग बलियो बनाउन । घर त बलियो तेसै होला नि । भविष्य हाम्रै हो ।

लेखक माओवादी केन्द्रका युवा नेता हुन् ।

लेखकको नीजिविचार

कमेन्ट गर्नुहोस्