सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेपछि भर्ना कार्य बन्द

सुर्खेत । वीरेन्द्रनगरमा रहेको जनमाध्यमिक विद्यालयमा क्षमताभन्दा धेरै विद्यार्थी भर्ना भएपछि विद्यालयलाई समस्या भएको छ ।

सुर्खेत बजार क्षेत्रमा रहेको यस विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप बढेपछि व्यवस्थापनमा समस्या आएको हो । वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियान अन्तर्गत भर्ना भएका विद्यार्थी कोटाभन्दा धेरै भएपछि व्यवस्थापनमा समस्या भएको हो।

याे पनि पढ्नुस  प्रदेश नं ६ को सरकार गठनमा एमालेको लफडा

‘विद्यालयको भौतिक पुर्वाधारले नै थेग्न नसक्ने गरी विद्यार्थीको चाप बढेकोले अहिले कक्षा सातको फाराम बन्द गरेका छौ‌ं’ विद्यालयका प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठले भने ।

विद्यार्थीहरु सोचेभन्दा धेरै भर्ना भएपछि विद्यालयलाई भौतिक संरचना व्यवस्थापनमा समस्या भएको हो । जसले गर्दा सबै विद्यार्थीलाई समावेश गर्न नसकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले बताए। जनमाध्यमिक विद्यालयमा कक्षा १ र दुई मा २५–२५ जना, तीनदेखि ५ सम्म ३०–३० जना, ६, ७, ८ र ९ कक्षामा प्रतिसेक्सन ५०–५० जनाको कोटा रहेको विद्यालयले जनाएको छ। यसअघि सरकारले जनमाविलाई नमूना विद्यालय घोषणा गरिएको थियो ।

कमेन्ट गर्नुहोस्