चार वर्षको प्रेम, ४ मिनेटमै अन्त्य

काठमाडौं । १० कक्षासम्म पढेका रुपन्देही ओमसतियाका प्रेमसागर केवट र स्थानीय १५ वर्षे युवती विगत ४ वर्षदेखि प्रेम–सम्बन्ध राख्दै आएका थिए । ज्याला मजदुरी गरेरै भएपनि प्रेमसागर युवतीका लागि कोसेली ल्याईदिन्थे । गाउँमा दुवैको प्रेम सम्बन्धको चर्चा चल्न थालेको थियो ।

दुवैले नजिकैको खेतलाई आफ्नो भेटघाट स्थल बनाएका थिए । दुवैका लागि रातको अँध्यारोले भेटघाटलाई गोप्य बनाउन पर्दाको काम गरिरहेको हुन्थ्यो।

तर मंगलबार (४ बैशाख) बिहान प्रेमसागरकी प्रेमिकाको शव त्यहीँ उनीहरुको सधैँ भेटने स्थानमा फेला पर्‍यो । इलाका प्रहरी कार्यालय धकधकेबाट खटिएको टोलीले करिब ३६ घण्टा लामो अनुसन्धानमा युवतीको हत्या उनैका प्रेमी प्रेमसागरले गरेको पत्ता लगाएको छ।

अभियुक्त प्रेमसागर

रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार ३ बैशाख मा राति सँगै बसेका उनीहरु बीच विहान छुट्टिने समयमा भएको ४ मिनेटको विवादमा युवतीको हत्या भएको थियो।

‘रातिसँगै बसेको र शारीरिक सम्बन्ध समेत भएको खुलेको छ’ एसपी ज्ञवालीले भने, ‘बिहान छुट्टिने समयमा विवाद भएपछि युवतीकै कपालले घाटी थिचेर हत्या भएको हो ।’

कमेन्ट गर्नुहोस्