एकता दुवै पार्टीका साथीहरुले आत्मगौरब गर्ने गरी हुनुपर्छ : सापकोटा

काठमाडौं, वैशाख ६। नेकपा माओवादी केन्द्रका नेता एवं सांसद अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता ढिलोमा जेठ १ गते ( मे दिवस) सम्म हुने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै नेता सापकोटाले भने, ‘केही गृहकार्य गर्न बाँकी रहेकोले यो बैशाख ९ गते गर्ने भनिएको एकता टरेको छ, तर यो धेरै विलम्ब हुँदैन् । हामी चाँडै नै एकता घोषणा गर्छौं।’

बाहिर भनिए जस्तो पार्टी एकता हुनेमा कुनै द्धिविधा नरहेको उनको भनाई छ । उनले भने, ‘जनताको जनादेश भनेको नै दुई पार्टीबीच एकता होस् भन्ने नै हो, त्यसैले विकास र समृद्धि हाँसिल गर्नुपर्छ, जनताले यी दुई सशक्त कम्युनिष्ट पार्टीबाट ठूलो आशा र भरोसा गरेका छन्, हामी सोही अनुरुप नै अघि बढेका छौं।’

याे पनि पढ्नुस  दुई अध्यक्षबीच के भयो कुराकानी ?

देश भ्रष्टाचारले आक्रान्त बनेको उल्लेख गर्दै नेता सापकोटाले देश र जनतालाई विकास र समृद्धि दिलाउनको लागि पनि दुईपार्टीबीचको एकता अनिवार्य भएको सुनाए । उनले दुवै पार्टीको ईतिहास गर्विलो र सशक्त भएकोले एकताको मोडालिटी केन्द्र, प्रदेशदेखि स्थानीय निकायसम्म समानताको आधारमा र सम्मानजनक रुपमा हुनुपर्ने स्पष्ट पारे । उनले भने, ‘एकता ठीक ढंगले हुनुपर्यो, दुवै पार्टीका साथीहरुलाई आत्मगौरव हुनुपर्छ।’

याे पनि पढ्नुस  यी हुन पार्टी एकताका लागि एमाले र माओवादीबीच हुन लागेको ७ बुँदें सहमति

पार्टी एकता भनेको दुवै पार्टीका सकारात्मक कुराहरुलई संश्लेषण मात्रै नभएर रासयनिक प्रतिक्रिया अनुसार विचार, सिद्धान्त र संगठन नयाँ सुरुवात गर्नु भएको सापकोटाको भनाई थियो । दुवै अध्यक्षले आलोपाले बैठकको अध्यक्षता गर्ने पनि समझदारी बनेको उनले सुनाए । सापकोटाले भने,‘एउटा बैठकको अध्यक्षता एउटा अध्यक्षले गर्दा, अर्को बैठकको अध्यक्षता अर्को बैठकले गर्ने उच्च समझदारी कायम गर्ने कुरा भैरहेको छ, औचित्यपुष्टि हुनेगरि कार्यविभाजन हुन्छ।’

याे पनि पढ्नुस  प्रचण्ड र ओलीबीच छलफल हुँदैं, आजै महत्वपूर्ण निर्णय हुने

सापकोटाका अनुसार आजपनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गम्भीर छलफल भएको थियो । उनले भने,‘‘केही दिनभित्रै एकताको ‘ब्रेक–थ्रु’ हुन्छ।’’ त्यस्तै उनले एकीकृत पार्टीको चुनाव चिन्ह सुर्य राख्नेबारे पनि छलफल भैरहेकोले सुर्यभित्र हँसिया हथौडा राख्दा सुनमा सुगन्ध हुने बताए ।

कमेन्ट गर्नुहोस्