करीब एक कराेड ब्लडमनि बुझाएर स्वदेश फर्किदै लाेकेश

युएई । युएईमा ब्लडमनी सम्बन्धी मुद्दाका कारण ४ बर्षसम्म नेपाल फर्किन नपाएका झापाको लोकेश खतिवडा सजाय मुक्त भएका छन ।

बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार २०९ दिराम अर्थात झन्डै एक करोड रुपैयाँ तिरेपछि लोकेशको मुद्दा टुंगिएको नेपाली दूतावास युएईले जनाएको छ ।

सन् २०१७ को मार्चमा आबुधाबीको एक अदालतले गरेको फैसला अनुसार भारतीय परिवारलाई झण्डै एक करोड ब्लड मनी तिर्नुपर्ने थियो । उक्त रकम तिर्न नसक्दा लोकेश स्वदेश फर्किन पाएका थिएनन ।

याे पनि पढ्नुस  दुताबास एनओसी प्रकारण : दुतावासको कमजोरी ढाकछोप गर्न सर्वसाधारणको सुबिधामा कटौती

डेसर्ट म्यान कार्गो क्लियरिङ एण्ड फरवार्डिङ कम्पनीमा कार्यरत रहेका लोकेश सन् २०१४ को जुन ८ मा अबुधाबी मुसाफाबाट साउदी सीमा बदिनाजायद क्षेत्रमा सामान लिएर जाने क्रममा उनले चलाएको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएपछि अदालतले ब्लड मनिको फैसला सुनाएको थियो ।

याे पनि पढ्नुस  प्रगतिशील कलाकार संघ युएईको सांस्कृतिक कार्यक्रमको तयारी पुरा

ब्लड मनि रकम बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने भएपनि बिमा कम्पनीले लामो समयसम्म कुनै चासो नदेखाए पछि दुर्घटनामा आफै घाइते भएका लोकेश बिगत चार बर्षदेखि युएईमा कष्टकर जीवन बिताउदै आएका थिए ।

दुर्घटनामा घाइते भएका लोकेशको रोग बल्झिएको र मुद्दा अल्झिएको भन्दै केहि समय अघिबाट दुतावासका कार्यबाहक राजदुत सागरप्रसाद फुँयालको सक्रियतामा लोकेशको मुद्दा अगाडि बढेको थियो ।

याे पनि पढ्नुस  नक्कली भिसामा नक्कली श्रम दलालसँग प्रशासन कै मिलोमतो, युएइमा नेपाली अलपत्र ।

दूतावासको पहलमा बिमा कम्पनीले तोकिएको ब्लड मनि बुझाए पछि लोकेश मुद्दा टुंगिएको छ । मुद्दा टुंगिएसँगै लोकेश अव स्वदेश फर्कन सक्ने नेपाली दूतावास युएईले जनाएकोछ ।

कमेन्ट गर्नुहोस्