जापानमा ज्वालामुखी विस्फोट

काठमाडौं, वैशाख ७ । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ ।

ज्वालामुखी विस्फोटका कारण सयौं मिटरमाथि आकाशमा आगोका लप्का पुगेको बताइएको छ ।

‘माउन्ट आइओ’ नाम दिइएको ज्वालामुखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नबस्न सम्बद्ध सबैलाई सूचना गरेको छ ।

जापान मौसम विज्ञानसम्बन्धी निकाय ‘जेएमए’का माकोतो साइतोकाअनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना रहेको छ ।

याे पनि पढ्नुस  जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने

साइतोले टेलिभिजनमार्फत् गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरेका छन् ।

माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामुखी विस्फोट भएको यो पहिलो घटना भएको जेएमएले बताएको छ ।

उक्त निकायले ज्वालामुखी विस्फोट भएको हिमालको तीन किलोमिटर टाढासम्म विस्फोटका कणहरु उछिट्टिने सम्भावना रहने भन्दै नागरिकलाई टाढै बस्न निर्देशन दिएको छ ।

याे पनि पढ्नुस  जापान र सेनेगलको खेल बराबरीमा, दुवैको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै

ज्वालामुखीका कारण ४०० मिटरमाथिसम्म ज्वालाको मुस्लो तथा खरानी पुगेको स्थानीय सन्चारमाध्यमले जनाएको छ ।

स्थानीय सन्चारमाध्यमले ज्वालामुखीको समयमा खिचिएका दृष्यचित्रहरूलाई प्रशारण गरेका थिए ।

जापानको उत्तरपश्चिमी क्षेत्रमा यस वर्षको जनवरीमा पनि प्रसिद्ध स्की रिसोर्टमा विस्फोट भएको थियो, जसका कारण एक जापानी सैनिकको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  जापानी प्रधानमन्त्रीलाई इजरेलले जुत्तामा खाना पस्केपछि  

त्यसैगरी, सन् २०१४ को सेप्टेम्बर २७ मा माउन्ट अनटेक क्षेत्रमा ९० वर्षपछि ज्वालामुखी विस्फोट हुँदा स्की र हिमाली पर्यटनका लागि गएका करिब ६३ जनाको ज्यान गुमेको थियो ।

जापानका हिमाली क्षेत्रलाई ज्वालामुखी विस्फोटका हिसाबले अतिसंवेदनशील क्षेत्र मानिन्छ । रासस/एएफपी

कमेन्ट गर्नुहोस्