जापानमा ज्वालामुखी विष्फोट

टोकियो, वैशाख ६ । जापानको दक्षिणी पर्वतीय क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ ।

ज्वालामुखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामुखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ ।

जापान मौसम विज्ञानसम्बन्धि निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना रहेको छ ।

याे पनि पढ्नुस  जापानको एक रेस्टुरेन्टमा विष्फोट, ४२ जना घाइते

साइतोले टेलिभिजनमार्फत गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरेका छन् ।

माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामूखी विस्फोट भएको यो पहिलो घटना भएको जेएमएले बताएको छ ।

उक्त निकायले ज्वालामुखी बिस्फोट भएको हिमालको तीन किलोमिटर टाढासम्म विस्फोटका कारण उछिट्टिने सम्भावना रहने भन्दै नागरिकलाई टाढै बस्न निर्देशन दिएको छ । ज्वालामूखीका कारण ४०० मिटर माथिसम्म ज्वालाको मुस्लो तथा खरानी पुगेको स्थानीय समाचारमाध्यमले जनाएको छ ।

याे पनि पढ्नुस  जापान पुगेपछि डाक्टरले नै भूले श्रीमती र छोरीलाई !

स्थानीय सञ्चारमाध्ययमले ज्वालामूखीको समय खिचिएका दृष्यचित्रहरूलाई प्रशारण गरेका थिए ।
जापानको उत्तरपश्चिमी क्षेत्रमा यस वर्षको जनवरीमा पनि प्रसिद्ध स्की रिसोर्टमा विस्फोट भएको थियो जसका कारण एक जापानी सैनिकको मृत्यु भएको थियो ।

त्यसैगरी सन् २०१४ को सेप्टेम्बर २७ मा माउन्ट अनटेक क्षेत्रमा ९० वर्षपछि ज्वालामूखी विस्फोट हुँदा स्की र हिमाली पर्यटनका लागि गएका करिब ६३ जनाको ज्यान गुमेको थियो । जापानका हिमाली क्षेत्रलाई ज्वालामुखी विष्फोटका हिसावले अतिसम्वेदनशील क्षेत्र मानिन्छ ।

याे पनि पढ्नुस  जापानी प्रधानमन्त्रीलाई इजरेलले जुत्तामा खाना पस्केपछि  

 

कमेन्ट गर्नुहोस्