रुकुमको काँक्रेबाट बुर्तिवाङ–बागलुङ हुँदै सिधा काठमाडौ डिलक्स बस सेवा सञ्चालन

बुर्तिवाङ । बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी संघ र सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समितिको संयुक्त व्यवस्थापनमा वैशाख यही ५ गतेबाट पुर्वी रुकुमको काक्रीदेखि बुर्तिबाङ, बागलुङ हुँदै काठमाडौं सीधा डिलक्स बस सेवा सञ्चालन भएको छ ।

बुर्तिबाङ हुँदै बस संचालन भएपछि पुर्वी रुकुमका जनतालाई दाङ हुँदै यात्रा गर्ने नपर्ने भएको छ । दाङबाट जाँदा धेरै समय लाग्ने स्थानीयको भनाइ रहेको छ ।
बस सेवाको संचालन कार्यक्रममा पुर्वी रुकुम जिल्लाका भुमे गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष नरबहादुर बुढाले रिबन काटेर उद्घाटन गरेका हुन् ।

समितिले रुकुमदेखि काठमाडौंसम्मको भाडादर प्रतियात्रु १ हजार ९ सय तोकेको छ ।

बस रुकुमको काँक्रीबाट बिहान ११ वजे र काठमाण्डौबाट दिनको ४ः३० बजे छुटने बताइएको छ ।

कमेन्ट गर्नुहोस्