अब कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम प्रणाली लागू

काठमाडौं । कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम प्रणाली लागु गर्ने शिक्षा मन्त्रालयको तयारी रहेको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले आधारभूत तह कक्षा १ देखि ८ र माध्यमिक तह कक्षा ९ देखि १२ लाई आधार बनाएर पाठ्यक्रमको मूल रूपरेखा तयार पार्ने काम भइरहेको बताए ।

याे पनि पढ्नुस  अख्तियार सुर्खेतमा सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रका

उनले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार भएलगत्तै कक्षा १ दैखि ३ सम्मको पाठ्यपुस्तक परिवर्तन हुने जानकारी दिए । ती कक्षामा अहिलेजस्तो विषय नबनाई एकीकृत ढंगले भाषा र गणित सिकाउने योजना बनाइएको हो ।
यसअघि शिक्षा मन्त्रालयले कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम निर्माण गर्ने काम ०७५ को असारसम्म सक्ने तीन महिने कार्ययोजना सार्वजनिक गरिसकेको छ ।

याे पनि पढ्नुस  शिक्षा ऐन संसोधन विरुद्ध तदर्थ विद्यार्थी संघर्ष समिति गठन

कार्यकारी निर्देशक काप्रीले विद्यालयतहको शिक्षाको पाठ्यक्रम, पाठ्यभार र विषय कति रहने भनेर कति राष्ट्रिय पाठ्यक्रमले गाइड गर्ने बताए । निर्देशक काप्रीले प्रत्येक १० वर्षमा पाठ्यक्रम परिवर्तन गर्ने उद्देश्यअनुसार कक्षा १ देखि १२ सम्मकै पाठ्यक्रम क्रमशः परिवर्तन गर्ने तयारीमा रहेको बताए ।

याे पनि पढ्नुस  शिक्षामा १ खर्ब ६३ अर्ब ७६ करोड बिनियोजन, २१२ स्थानीय तहमा प्राविधिक विद्यालय

उनले एउटा साइकल १० सम्म पुगेको बताउँदै गत वर्ष कक्षा १०को पाठ्यक्रम परिवर्तन भइसकेको बताउँदै अब फेरि १ मा फर्कनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्