बंगुरको आलो रगतको परिकार खान्छन् यो देशका मानिस, बन्दैछ गम्भीर स्वास्थ्य समस्या

परिकार पनि कस्ता कस्ता हुन्छन्। तर जे जस्ता भए पनि हाम्रा परिकारहरूसँग हाम्रो संस्कृतिक साइनो जोडिएको हुन्छ। कतिपय समाजमा साह्रै लोकप्रिय मानिएको परिकार अन्य स्थानका लागि अनौठो हुनु अस्वाभाविक होइन तर सम्बन्धित क्षेत्रमा भने यसको लोकप्रियता कतिपय अवस्थामा स्वास्थ्य विज्ञानका सिफारिसहरूलाई समेत बेवास्ता गर्ने गर्दछ। जस्तो हाम्रो नेपाली समाजमा अत्यधिक लोकप्रिय चिल्लो खानेकुरा या मासु जन्य खाद्य पदार्थहरू स्वास्थ्यक दृष्टिले त्यति उपयुक्त नभएपनि तिनको उपभोगमा कमी आएको छैन।

 

भियतनाममा पनि यस्तै एउटा परिकार लोकप्रिय रहेको छ जसले गम्भीर स्वास्थ्य समस्या आइरहेको भन्दै स्वास्थ्यविदहरू चेतावनी दिइरहेका छन्।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा भियतनामको हा लोङ खाडी भ्रमण

यो परिकार बंगुरको  आन्द्रा उमालेर त्यसमा बंगुरकै आलो रगत मिसाएर बनाइन्छ । यो त्यहाँको साह्रै लोकप्रिय खाना मानिने भए पनि हाल देशमा मष्तिष्क ज्वरोका समस्याहरू बढेपछि त्यस प्रति स्वास्थ्य चासोहरू बढ्न थालेका छन्।

भियतनामीहरू बंगुरको भुँडी उमालेर त्यसमा आलो रगत मिसाउने गर्दछन् र यस प्रकारको परिकारलाई खानासँग स्टार्टरको रूपमा पस्किने गरिँदो रहेछ।

देश भरि साह्रै नै लोकप्रिय भए पनि बंगुरको शरीरमा धेरै हानिकारक जीवाणुहरू रहेका हुन्छन् जसमध्ये मष्तिष्क ज्वरोका किटाणुहरू समेत रहने भएकाले वैज्ञानिकहरू यस्तो परिकारको सेवन गम्भीर स्वास्थ्य समस्याको कस्रक बन्न सक्ने भन्दै चेतावनी दिइरहेका छन् ।

याे पनि पढ्नुस  ट्रम्प-किम दोस्रो शिखर वार्ताको दोस्रो दिन, यसरी सुरु भएको छ वार्ता

भियतनाममा प्रत्येक वर्ष हजारौं मान्छेहरूमा मष्तिष्क ज्वरोको संक्रमण देखिने गरेको छ जसमध्ये लगभग १० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। स्वास्थ्यविदहरू बंगुरको आलो रगतको सेवन यसमा प्रमुख रूपले जिम्मेवार रहेको बताउने गर्दछन्।

एक जना भियतनामी चिकित्सक डाक्टर न्ग्युयेन वान कुओंगका अनुसार बंगुरको आलो रगत खानु भियतनामको परम्परा हो। त्यहाँ हरेक दिन जसो मानिसहरू यसलाई खानको रूपमा सेवन गर्ने गर्दछन्।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा भियतनामको हा लोङ खाडी भ्रमण

एउटा अध्ययन अनुसार भियतनामका ग्रामीण क्षेत्रमा प्रत्येक तीन जनामा एक जनाले र सहरी क्षेत्रमा प्रत्येक १० मा एक जनाले दिनहुँ जसो यस्तो परिकार खाने गर्दछ।

हो ची मिन्ह सिटीस्थित अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिटका पप्राध्यापक स्टीफन बेकर यसलाई भियतनामको निम्ति ठुलो चुनौती बताउँछन्। यसलाई रोक्न जागरुकताको आवश्यकता रहेको उनको ठम्याई छ। तर सांस्कृतिक कारणहरूले गर्दा मानिसहरुलाई यसको सेवन गर्न रोक्न लगाउन त्यति सजिलो भने छैन।

 

कमेन्ट गर्नुहोस्