मेडिकलले लागूऔषध कारोबार गरेको आरोपमा संचालकसहित तीन पक्राउ

काठमाडौं । शुक्रबार बल्खु र बाफलमा प्रहरीले दुईवटा मेडिकल हलमा छापा मार्दा संचालक सहित ३ जनालाई पक्राउ गरेको छ । मेडिकल संचालकले बिना अनुमतिपत्र लागूऔषध बेचविखन गरेको आरोपमा पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले बल्खुमा रहेको कार्की मेडिकल हल र पूर्णिमा किराना स्टोरका सञ्चालक गोपाल कार्की र बाफलमा रहेको सौभाग्य मेडिकल हलका सञ्चालक सुमन खनाल र उनका कामदार प्रविणकुमार बिसंखेलाई पक्राउ गरेको हो।

याे पनि पढ्नुस  २ नं. प्रदेश सरकारले माघ १ देखि शिशुको जीवन बिमा गरिदिने

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दुवै औषधी पसलले उच्च मूल्य लिई मेडिकल बोर्डको अनुमति बिना नशा दिने प्रकृतिका ट्रमा, कफट्याब, डि स्टागन, डिकेलिक, ओपिडोल, स्पासमोलजस्ता लागूऔषध बेचबिखन गरिरहेका थिए।

प्रहरीले ट्रमा क्याप्सुल २७ सय २८ थान, कफट्याब डि दुई हजार एक थान, स्टागन १८ सय थान, ओपिडोल ट्याबलेट सय थान, स्पासमोल ट्यावलेट सय थान र डिकोलिक ट्याबलेट १६ सय थान बरामद गरेको छ।

याे पनि पढ्नुस  तिहार सकिए लगत्तै राजधानीमा छठको रौनक

पक्राउ परेका तीनैजनालाई थप कारवाहीका लागि औषधी व्यवस्था विभागमा पठाएको परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए।

कमेन्ट गर्नुहोस्