पुष्कल शर्माको फेरि अर्को मार्मिक गीत ‘आमालाई अन्तिम चिठी’ भिडियोसहित

काठमाडौं, वैशाख ७ । मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्माको मार्मिक लोक गीत आमालाई अन्तिम चिठी बजारमा आएको छ ।

जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाउनको लागि हिडेको छोरोलाई विरानो भूमिमा मृत्युदण्ड दिएको अवस्थालाई चित्रण गरिएको छ ।

आफ्नी प्यारी आमाको अनुहारमा खुशी र परिवारमा सुख दिनको लागी घरको अवस्थालाई मजवुत बनाउनको लागी परिवारका सदस्यलाई जन्मभुमिमा छोडेर हिडेको छोरो विना कसुर गोलीको शिकारमा पर्दा हुने पीडामा आमाले पनि छोरोप्रति देखाएको प्रेमभावमा डुब्दा डुब्दै जिवनको अन्तिम प्राण त्यागेको दुखद घटनालाई गीतमा व्यक्त गरिएको छ ।

गायक पुष्कल शर्माको शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ ।आमालाई अन्तिम चिठी गीतको निर्देशन गायक स्वयंले गरेका छन भने सम्पादन दिपक विष्टले गरेका हुन ।

भिडियोमा पुष्कल शर्मा, सारिका केसी र रश्मी भट्टको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो:

कमेन्ट गर्नुहोस्