उत्तर कोरियाको घोषणा–अब मिसाइल परीक्षण हुँदैन

काठमाडौं, बैशाख ८ । उत्तर कोरियाका नेता किम जोङ–उनले तत्काल लागु हुने गरी तयारी अवस्थामा रहेका सबै मिसाइलको परीक्षण रद्द गर्ने तथा परमाणु हतियार परीक्षण केन्द्र पनि बन्द गरिने बताएका छन् ।

नेता किमले अब मिसाइल परीक्षणको खाँचो नदेखिएको बताएका हुन् । नेता किमले शनिबारदेखि नै लागु हुने गरी सबै मिसाइल परीक्षण रद्द गर्नुका साथै मिसाइल परीक्षण केन्द्र बन्द गर्ने घोषणा गरेका हुन् ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीले भनेको छ, ‘अप्रिल २१ देखि उत्तर कोरियाले मिसाइल परीक्षण बन्द गर्न सुरु गर्ने छ । यस्तै अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण पनि बन्द हुनेछ ।’

नेता किमले देशको आर्थिक बृद्धि र कोरियाली प्रायद्विपमा शान्ती स्थापनका लागि यस्तो निर्णय लिएको उत्तर कोरियाको सरकारी समाचार संस्थाले उल्लेख गरेको छ ।

उत्तर कोरियाका नेता किमले दक्षिण कोरियाका राष्ट्रपतिसँगको तय भेटको एक हप्ताअघि यस्तो निर्णय लिएका हुन् । नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनबिच आउँदो हप्ता भेटवार्ता हुँदैछ ।

याे पनि पढ्नुस  ट्रम्प र किमको शिखर वार्तामा गोर्खा प्रहरी खटिने

यस्तै उत्तर कोरियाली नेता किम र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच पनि वार्ता हुने तयारी छ । आउँदो मे वा जुनसम्ममा हुने भनिएको वार्ताको तयारी दुवै देशका गुप्तचर निकायबिचको छलफलमा भइरहेको छ । यो भेट भएमा कुनै पनि अमेरिकी राष्ट्रपतिले कार्यालयमै रहँदा उत्तर कोरियाका नेतालाई भेटेको पहिलो पटक हुनेछ ।

उत्तर कोरियाका नेता किमले मिसाइल परीक्षण रद्द गर्ने तथा परीक्षण केन्द्रहरु बन्द गर्न थाल्ने घोषण गरेकोमा अमेरिकाले स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो उत्तर कोरिया र विश्वका लागि धेरै ठूलो र सकारात्मक कुरा रहेको बताएका छन् ।

Ankit Panda

@nktpnd
2h
Replying to @nktpnd
After 6 nuclear tests, North Korea may not need to conduct further nuclear testing and may be satisfied with its existing designs. That means using Punggye-ri for a grand gesture to show bona fide intent to the US isn’t out of the question, but also will be less meaningful.

याे पनि पढ्नुस  उत्तर कोरियाली नेता किमलाई वार्तामा जोड दिन नेता नेपालको सल्लाह

Ankit Panda

@nktpnd
Here’s KCNA with six points from Kim Jong-un. The Punggye-ri test site will close *because* North Korea feels it has conducted sufficient testing and is happy with its weapons. That’s important context here. pic.twitter.com/uRlu30LG2O

यसअघि ट्रम्पले परमाणु निशस्त्रीकरणमा सकारात्मक प्रगती हुने नदेखिएमा किमसँगको वार्ता रद्द हुन सक्ने बताएका थिए । उत्तर कोरियाको सत्तारुढ पार्टी वर्कर्सको बैठकपछि परमाणु परीक्षण तथा परीक्षण केन्द्र बन्द गर्ने निर्णय आएको हो ।

उत्तर कोरियाले परमाणु कार्यक्रमकै कारण संयुक्त राष्ट्रसंघ तथा अमेरिकासहितका देशको प्रतिबन्ध खेप्दै आएको छ । पछिल्लो पटक गएको वर्षको नोभेम्बरमा उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

याे पनि पढ्नुस  अँगालोमा बेरिएर 'किस' गर्दै ट्रंप-किम (भिडियोसहित)

Donald J. Trump

@realDonaldTrump
North Korea has agreed to suspend all Nuclear Tests and close up a major test site. This is very good news for North Korea and the World – big progress! Look forward to our Summit.

उसले आफूले परीक्षण गरेको मिसाइल अमेरिकासम्म मार हान्न सक्ने रहेको बताएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरिया बिचको सम्बन्ध थप खराब बनेको थियो । तर यो वर्ष लागेसँगै सम्बन्ध सुधारको संकेतमा छ । दक्षिण कोरियासँग पनि उत्तरको सम्बन्ध राम्रो बन्ने क्रममा रहेको छ ।

यसको प्रमाणको रुपमा हुने भनिएको ट्रम्प–किम वार्ताको तयारीका लागि अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख माइक पोम्पेओ गएको मार्च ३१ र अप्रिल १ मा उत्तर कोरियाको गोप्य भ्रमणका लागि गएको खुलेको छ ।

कमेन्ट गर्नुहोस्