डा केसीको नेतृत्वमा निषेघित क्षेत्र माइतीघरमा प्रदर्शन

काठमाडौं, वैशाख ८। सरकारले केही समय अघि राजधानीको माइतीघर लगायतका स्थानलाई निषेघित क्षेत्र घोषणा गरेको विरोधमा सत्याग्रही चिकित्सक गोविन्द केसीको नेतृत्वमा शनिबार प्रदेशन गरिएको छ ।

राजधानीको माइतीघर मण्डला लगायतका स्थानलाई प्रर्दशनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । सरकारले प्रर्दशन, सभा लगायत कार्यक्रमका लागि अन्य विभिन्न ७ स्थान तोकेपछि उक्त निर्णयको विरोध गर्दै माईतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

याे पनि पढ्नुस  डा. केसी वीर अस्पतालमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि लागू हुने गरी २ गते सूचना जारी गर्दै खुल्लामञ्च, तीनकुने खुल्ला चौर कोटेश्वर, भुईखेल चौर भगवान पाउ, पेप्सीकोला खेल मैदान, सानो गौचरण फुटबल, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर गौशाला बाहेकका स्थानमा सभा, प्रर्दशन गर्न रोक लगाईएका हुन।

याे पनि पढ्नुस  चिकित्साशास्त्र शिक्षाका लागि सत्याग्रह बस्नुपर्ने अवस्थाको अन्त्य : डा. केसी

डा केसीको नेतृत्वमा शनिबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन भएको हो । ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नागरिक स्वतन्त्रतामा अतिक्रमण बन्द गर’ लगायत नारा सहितका प्लेकार्ड बोकेका प्रर्दशनकारीले मण्डला परिसरमा केही समय सरकार विरोधी नारा पनि लगाएका थिए।

याे पनि पढ्नुस  डा. केसीको जीवनरक्षा माग गर्दै आकस्मिक बाहेक सबै सेवा ठप्प

प्ले कार्ड सहित प्रर्दशनको नेतृत्व गरेका डाक्टर केसीले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने काम गरेकोमा आपत्ती जनाएका छन् ।

कमेन्ट गर्नुहोस्