व्रिटिस गोर्खाको माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, वैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताउनुभएको छ । 

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायतका आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने बताउनुभयो ।

याे पनि पढ्नुस  दुई तिहाई सांसद अाेली सरकारको पक्ष

गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग छलफल जारी राखेको प्रधानमन्त्री ओलीले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“पूूर्व गोर्खाका न्यायोचित मागलाई सम्बोधन गर्न ब्रिटिस सरकार तयार हुँदै गएको पाएको छु । यसअघि ब्रिटिस रक्षामन्त्रीले पनि गोर्खाको माग सम्बोधनका लागि ब्रिटिस सरकार तयार रहेको बताएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा जायज कुरालाई हामीले दोहो¥याएर, तेहे¥याएर भन्नुपर्छ, म विश्वस्त छु, वार्ताको माध्यमबाट गोर्खाको माग उपयुक्त ढंगले सम्बोधन गर्न सकिन्छ ।”

याे पनि पढ्नुस  आरक्षण र संरक्षणमा भन्दा प्रतिस्पर्धामा विश्वास गर्नुहोस् : प्रधानमन्त्री

उहाँले गोर्खाको कारण ब्रिटिसले विभिन्न युद्धहरु जितेको बताउनुभयो । तर, युद्धमा बाहेक अन्य समयमा गोर्खाहरुलाई गरिएको विभेद र असमानता गरिनु दुःखद भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्