प्रचण्डको अपिल : कम्युनिष्ट पार्टीहरु एक होऔं

काठमाडौं, वैशाख ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् ।

लेनिनको १४८ औैं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त आह्वान गरेका हुन् ।

प्रचण्डले जारी गरेको सन्देशमा लेखिएको छ, ‘पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपील गर्दछ ।’

याे पनि पढ्नुस  प्रचण्डलाई अध्यक्ष मान्न कुनै आपत्ति छैन : झलनाथ खनाल

लेनिनको जन्म जयन्तीको अवसर पारेर आजभन्दा ६९ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

प्रचण्डले संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको मुख्य अभिभारा भएको बताएका छन् ।

कम्युनिष्ट पार्टीहरुबीचको एकीकरण र समाजवादको आधार निर्माणका निम्ति संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धिका लागि लेनिनले तत्कालिन सोभियत संघमा पुर्‍याएको योगदान स्मरण गर्दै प्रचण्डले भनेका छन्- संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको हाम्रो मुख्य अभिभारा हो ।

याे पनि पढ्नुस  बाम गठबन्धनमा ठाउँठाउँमा 'असन्तुष्टि'

नेपाली जनताले सामााजिक न्यायसहितको समृद्धिको नयाँ युगको अपेक्षा गरेको भन्दै प्रचण्डको सन्देशमा लेखिएको छ- स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरी देश अहिले स्थिरता, सुशासन र विकासको व्यवहारिक अभ्यासको चरणमा छ । यो समाजवाद उन्मुख संविधान कार्यान्वयनको पहिलो खुट्किलो हो ।

कमेन्ट गर्नुहोस्