माओवादी केन्द्रीय कार्यालय बैठकमा एमालेसँगकाे एकताबारे छलफल जारी

काठमाडौं, वैशाख ९ । एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको बैठक बसीरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो ।

प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन् ।

याे पनि पढ्नुस  अन्तर्घात र नयाँ शक्तिका कारण ५० तह गुमेको माओवादी निष्कर्ष

दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात आज एकता घोषणा गर्ने तयारी थियो तर, केही प्राविधिक विषयमा कुरा नमिलेपछि एकता घोषणाको अर्को मिति निश्चित भएको छैन ।

यसबाट एकता हुने कि नहुने भन्ने अन्योल बढिरहेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मन्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।

याे पनि पढ्नुस  १० मन्त्रालयमा माओवादी दाबी

माओवादी नेता जनार्दन शर्माले एकता हुनेमा शंका गर्नै नपर्ने बताए । उनले भने, ‘केही कुरा मिल्न बाँकी भएकाले केही दिन पछि सरेको हो । एकता हुन्छ ।’

उनले आइतबारको केन्द्रीय कार्यालयको बैठक पनि एकता गर्ने विषयमा नै केन्द्रित हुने बताए ।

याे पनि पढ्नुस  माओवादी केन्द्रका नेता भन्छन्- ‘एमालेभन्दा पहिले विप्लव र वैद्यसँग एकता हुनुपर्छ’

चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । ओली र प्रचण्डबीच हुँदै आएका छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्