यही मितिमा एकता हुन्छ भनेर तिथि तोक्न सकिन्न : प्रवक्ता भुसाल

काठमाडौ‌, वैशाख ९ । नेकपा माओवादी केन्द केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा एमाले र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको थियो ।

याे पनि पढ्नुस  हामीसँग एजेण्डा नै पर्याप्त छन, पैसा बाँड्नु पर्दैन– प्रवक्ता पम्फा भुसाल

बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष प्रचण्डलाई सुझाव दिनुभएको थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताउनुभयो ।

दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यही मितिमा हुन्छ भनेर तिथि तोक्न सकिन्न ।”

याे पनि पढ्नुस  वाम एकताको निर्णय आकस्मिक र असाधारण छलाङ –बादल

प्रवक्ता भुसालले पार्टी एकता संयोजन समितिले दिएको प्रतिवेदनबारे दुई अध्यक्षबीच भएका छलफलका विषयमा अध्यक्षले बैठकलाई जानकारी दिनुभएको बताउनुभयो ।

राजनीतिक र सांगठनिक विषयमा छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै उहाँले भन्नुभयो, “दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता सुनिश्चित गर्नेतर्फ प्रक्रिया अगाडि बढेको छ ।”

कमेन्ट गर्नुहोस्