शेयरबजारमा उल्लेख्य सुधार, एकैदिन ५० अंकले बढ्यो

काठमाडौं । आइतबार नेप्से परिसूचक ३ दशमलव ६१ प्रतिशतले बढेको छ । यसदिन कारोबार शुरू भएदेखि नै बजार बढेको थियो । यसदिन १ हजार ३ सय ८८ विन्दुबाट शुरू भएको कारोबार निरन्तर ५० दशलमव १८ अङ्कले बढेर अन्त्यमा १ हजार ४ सय ३८ दशमलव ४९ विन्दुमा पुगेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएदेखि शेयर बजार बढ्न थालेको छ ।

याे पनि पढ्नुस  १२ बजेको अपडेटः एक घण्टामा नेप्से परिसूचक ८.२० प्रतिशत घट्यो

कारोबार भएका ९ समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । लघुवित्त समूहको परिसूचक ५ दशमलव ८९ प्रतिशत, बीमाको ५ दशमलव शून्य ३, जलविद्युतको ५ दशमलव २६ प्रतिशतले बढेपछि नेप्से परिसूचक बढेको हो ।

यस दिन कारोबार भएका १ सय ६७ कम्पनीको १२ हजार ५ सय ४८ पटकको व्यापारमा २८ लाख ८९ हजार ९ सय ४३ कित्ता शेयरको रू। १ अर्ब २३ करोड बराबरको शेयर कारोबार भएको छ ।

याे पनि पढ्नुस  शेयर बजार : नेप्से परिसूचकमा सामान्य गिरावट

कुमारी बैंक लिमिटेडको प्रतिकित्ता रू. २ सय ८७ मा रू. ५ करोड ३९ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैंकले जारी गर्न लागेको १० बराबर २ को अनुपातमा हकप्रद शेयर सुरक्षित गर्ने आइतवार अन्तिम दिन भएकाले शेयर कारोबार बढेको हो ।

याे पनि पढ्नुस  १२ बजेको अपडेटः नेप्से परिसूचक ०.७२ प्रतिशतले बढ्यो

यस दिन १० प्रतिशतले शेयर मूल्य बढ्ने कम्पनीमा अरुण काबेली, एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, नेशनल माइक्रोफाइनान्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

१४ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने रिडी हाइड्रोपावर डेभलपमेण्ट बैङ्कको शेयर मूल्य ३ दशमलव ३५ प्रतिशतले घटेको छ ।

कमेन्ट गर्नुहोस्