काभ्रेमा मयूरका चालकमाथि निर्घात कुटपिट

काभ्रेपलाञ्चोक, वैशाख १० । मयूर यातायातका चालकमाथि आइतबार साँगामा निर्घात रूपमा कुटपिट भएको छ । कुटपिटबाट बसका चालक रामेश्वर सुनार घाइते भएका छन् ।

आक्रमणकारीले ३८ वर्षीय सुनारले चलाएको बा५ख १५४६ नम्बरको बसमा पनि क्षति पु¥याएको बताइएको छ । उनको काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

गत १ चैतदेखि काभ्रेसम्म सेवा विस्तार गरेको मयूरमाथि पुरानो यातायात सेवा समितिहरू आक्रमणमा उत्रिएको मयूर यातायात समितिका अध्यक्ष मोहनबहादुर श्रेष्ठले बताए । बसलाई जलाउनेसम्मको अभिप्रायले बस र चालकमाथि सांघातिक आक्रमण भएको उनको भनाइ छ । बसको चालकले गाडीको ढोका नखोलेको कारणले ठूलो क्षीतबाट जोगिएको अध्यक्ष श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  खानेपानी मन्त्रीकाे बिराेध गर्न खाेज्दा झडप, कांग्रेसद्वारा नेकपा कार्यकर्तामाथि हातपात

सरकार सिन्डिकेटविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएसँगै नयाँ बसहरूले प्रालिमार्फत सेवा प्रारम्भ गरेको करिब डेढ महिनापछि काभ्रेको साँगामा भौतिक आक्रमण भएको हो । कुटपिट गर्ने पाँच जनालाई इलाका प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

काभ्रे मिनीबस सेवा समितिले सञ्चालन गरेको पनौती–काठमाडौ चल्ने बा५ख २६३९ बससँगै कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापाले बताए । उक्त बसका चालक पनौती नगरपालिका–७ का सुमन श्रेष्ठ र सहचालक तीर्थ पियालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख थापाले बताए । चालक कुटपिटमा संलग्न रहेको भन्दै परिचन्द्र श्रेष्ठ, सुमन धिमाल र विजय थापालाई पनि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख थापाले बताए ।

याे पनि पढ्नुस  विद्यार्थीले गुण्डा लगाएर शिक्षक कुटे, आइसीयुमा उपचार हुँदै

यसअघि काभ्रेमा मयूरमाथि भौतिक अवरोधको प्रयास भए पनि मानवीय भौतिक आक्रमण भने भएको थिएन ।

कमेन्ट गर्नुहोस्