भारत गएर बाबुराम भट्टराईले भने, ‘नेपालमा फेरि अर्को क्रान्तिको आवश्यकता छ’

काठमाडौं, वैशाख १० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा फेरि एक अर्को क्रान्तिको आवश्यकता रहेको बताएका छन् । संविधानसभाबाट संविधान बनाएर गणतन्त्र ल्याएपनि नेपालमा गर्न खोजेको क्रान्ति भनेको आर्थिक क्रान्ति हो र यसको आवश्यकता रहेको भट्टराईले दोहोर्याएका छन् ।

याे पनि पढ्नुस  भट्टराई सभापति, यादव अध्यक्ष, बाबुरामको पीडादायी स्खलन

भारतको राजधानी दिल्लीमा नयाँ शक्ति नेपालको जनवर्गीय संगठन अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली, हरियाणा र पञ्जाव समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्दै भट्टराईले बहुसंख्यक जनता आफ्नो अधिकारबाट बञ्चित भएपछि हतियार उठाएर राजतन्त्र फालेर नेपाली जनता आफैँले आफ्नो संविधान लेखेको उनले बताएका हुन् ।

याे पनि पढ्नुस  नयाँ शक्ति र विवेकशील साझा मिल्नुपर्छ : बाबुराम भट्टराई (भिडियो सहित)

संविधानले हामी सबैलाई बराबर बनाएको भन्दै उहाँले देशमा अब आर्थिक क्रान्तिको आवश्यकता रहेकोमा जोड दिनु भएको हो। आफुलाई कयौंले प्रधानमन्त्री भइसकेको व्यक्ति सडक आन्दोलन गरेर हिँड्दा नकारात्मक टिप्पणी गरेको बताउँदै उनले आर्थिक क्रान्तिका लागि आफु अभियानमा रहेको बताए ।

कमेन्ट गर्नुहोस्