पच्चिस लाखको अक्षयकोष स्थापना

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयमा समुदायको पहलमा रु रु २५ लाख १० हजारको अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दी भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक पूर्वाधार निर्माणका लागि स्थानीयवासीको पहलमा अक्षयकोष स्थापना गरिएको हो ।

याे पनि पढ्नुस  सुरुङ खन्दा पानीको मुहान सुक्यो

स्थानीयवासी, प्रवासी, युवा क्लब, आमा समूहको पहलमा स्थापित कोषमा दाताबाट थप सहयोग प्राप्त हुने क्रम जारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजाले बताउनुभयो । आधारभूत तहका चार र बालशिक्षा सहयोगी कार्यकर्तासहित १–५ तहका चारजना शिक्षकमध्ये तीनजनाले उपल्लो तहमा अध्यापन गराउँछन् । कक्षा ८ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करीब १०० जना विद्यार्थी अध्ययनरत छन् ।

याे पनि पढ्नुस  म्याग्दीमा ११ घर पहिरोको जोखिममा

गाउँ, देशका विभिन्न शहरमा बसोबास गर्ने र रोजगार, पेशा, व्यवसाय, अध्ययनका लागि प्रवासमा रहेका राम्चेवासीले विवाह, जन्मदिनको अवसरका साथै आफन्तको स्मृतिमा विद्यालयको अक्षयकोषका लागि सहयोग गर्दैआएका गर्बुजाले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्