शुल्कवृद्धि खारेज नगरे शैक्षिक हडताल गर्ने विद्यार्थी नेताको चेतावनी

भक्तपुर, वैशाख १२ । नयाँ शैक्षिकसत्रमा निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालय घेराऊ गरेका छन्।

घेराउ कार्यक्रममा वोल्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाए देशब्यापी शैक्षिक हडताल गर्ने चेतावनी दिएका छन्।

सानोठिमीस्थित विभागको कार्यालयमा बिहान १० वजेअगाडि पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक लगाएका थिए। त्यसक्रममा विद्यार्थी र कर्मचारीबीच झड्पसमेत भएको थियो ।

घेराऊ कार्यक्रमको नेतृत्व गरेका अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश वर्तौला, नेविसंघ उपाध्यक्ष पुष्प शाही, अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेत, अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल र नेक्राविसंका अध्यक्ष निरज लवजुले गरेका थिए।विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नङटाए शैक्षिक हडताल गर्ने चेतावनी दिएका थिए।

एक घण्टे घेराउ कार्यक्रममा विद्यार्थी नेताहरुले स्वयं शिक्षा विभागले जारी गरेको सस्थागत विद्यालय शुल्क मापदण्ड निर्दैशिका २०७२ को कार्यान्वयनमा जोड दिएका थिए।शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुले १४ गते देशभरका स्थानीय तहको कार्यलय घेराउ गर्ने कार्यक्रम वनाएको अखिल९क्रान्तिकारी०का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।

कमेन्ट गर्नुहोस्