मेरो प्राथमिकता कृषिमा आधारित उद्योग : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो चाहाना कृषिमा आधारित उद्योग खोल्ने रहेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो ।’ प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने धारणा राख्नुभयो ।

चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको उहाँको भनाई थियो । प्राकृतिक स्रोत साधनलाई अधिकतम् उपयोग गर्दै नमूना क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने छ ।’

याे पनि पढ्नुस  कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइन : प्रचण्ड

चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको बताउनु भयो । अध्यक्षले खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्ने धारणा राख्नु भयो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने सहमति हो : प्रचण्ड (भिडियाेसहित)

विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको देश इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गरिने विचार बताउँदै नेपालका १५ ठाउँ र सो मध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

त्यसैगरी छिमेकी मुलुक चीनबाट आएका व्यावसायीहरुको टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउनु भयो । जिल्लामा स्टिल, फलाम, कपडा, चप्पलजस्ता २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

याे पनि पढ्नुस  चारकिलोमा पहिरो, मुग्लिङ सडक अवरुद्ध

उहाँले निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया सुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धलगायतका काम गर्ने तयारी भइरहेको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्