Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अाज विश्व बौद्धिक सम्पत्ति दिवस

काठमाडौं, वैशाख १३ । दुई टुक्रा जमिन, दुई तोला सुन अनि दुई हल गोरुहरु जस्ता थुप्रै भौतिक कुराहरुलाई सम्पतीका अवयव मानेर नेपाली समाज वर्षोदेखि बढ्दै आइरहेको छ । विश्व नै यसै गरि यहाँसम्म आएको हो, मरिच का दाना देखि सिमानाका जमिनका रेखाका लागि विश्वले यूद्ध गरेको छ । हाम्रै समाजमा पनि गोरुले धान खाएको अनि बाख्राले बिस्कुन खाएको सम्म घटना र झगडाहरुमा आआफ्ना सम्पती र सामानको रक्षार्थ भएका तर्क र परिवेश बुझ्न सकिन्छ ।

सम्पतीको परिभाषा अब भौतिक कुराहरुमा मात्र पनि कहाँ रह्यो र ? अब त शब्द, सञ्चार अनि अन्य बिभिन्न बौद्धिक तत्वहरु झनै प्रखर सम्पतीका रुपमा तुलना हुन र जोखिन थालेका छन् ।

अब कविका कविताले पनि उत्तिकै मुल्य बोक्न थालेका छन् जति हलियाको हलिले बोक्ने गर्दथे, गीतकारको गीत, पंक्तिकारको पंक्ति, गायकको आवाज, संगीतकारको रचना, खानेकुराको परिकारको रेसिपी देखि मसलाको मिश्रणसम्म सर्जकको सम्पती हुन् । व्यापारको ट्रेडमार्क, विज्ञापनको तवर देखि प्रविधीगत नवप्रर्वतनसम्म पनि बौद्धिक सम्पतीहरु हुन् । १९औं शताव्दीको अन्तसम्म विश्वमा बौद्धिक सम्पतीको अधिकारका कुराहरु भनएपनि २०औ शताव्दी बौद्धिक सम्पती अधिकारको शताव्दी भएको छ । बौद्धिक बिचार लगायतका अन्य कुराहरुको उत्पादकत्वमा उत्प्रेरणा गर्न यस अवधारणा ल्याएको बताइन्छ । सामान्यरुपमा भन्दा अब सम्पती कमाउन पसिना अनि दिमाग दुबैको उत्तिकै प्रयोग भनेर बुझ्न सकिन्छ ।
उदहारणका लागि कसैले हावावाट चल्न मिल्ने गाडी बनायो भने त्यो गाडी अनि उत्पादनका उपाय र प्रविधीहरु उसको बौद्धिक सम्पती हो । निश्चित समयसम्म उसको यस नवप्रवर्तनमा आर्थिक अधिकार रहन्छ र अन्य कसैले यसै उत्पादन या तवर प्रयोग चाहे उसंग इजाजत लिनुपर्ने हुन्छ । यो कुरा अन्य हरेक बौद्धिक उत्पादन अनि खोजमा लागु हुन्छ ।

हरेक वर्षको अप्रिल २६ तारिखका दिन विश्व समुदायले विश्व बौद्धिक सम्पती दिवस मनाउदछ, यस वर्षको अर्थात सन् २०१८ को बौद्धिक सम्तपी दिवसको सबैमा शुभकामना । हामीले कहिलेकाँही सुनेका पनि छौं कि कसैको चलचीत्रमा कसैको गीतको सानो अशं भएकोमा मुद्धा दायर भन्ने कुुराहरु पनि, यी सबै कुराहरु यसै बौद्धिक सम्पती अधिकारमा पर्दछ । सर्जकको अनुमती बिना केही कुरा या तवरहरु अरुले प्रयोग गर्न पाइन्न ।

दिमागको सिर्जनामा सर्जकको मौलिकता र व्यवसाहिकता दुबै हुन्छ र त्यसको संरक्षणको सस्थागत अभ्यास नै आजको दिनमा चर्चा गरिन्छ । अहिले डिजीटल यूगमा त झन विचार अनि बौद्धिकताको विश्वव्यापी एकै धारमा बाढि झैं आएको छ, यस बौद्धिक अधिकारको संरक्षण बीना त सर्जकको सिर्जनाको मुल्य नै रहन सक्ने अवस्था छैन् । हामीले सुन्ने गीतहरु देखि कपी पेस्ट गर्ने बिचार अनि भनाइहरु ति सर्जकका सम्पती हुन या हैनन् ? यदि हो भने के ती कुराहरु ति सर्जकका सम्पतीको उत्पादकत्व के ? आदि सोचनीय कुरा भएका छन् ।

यस वर्ष विश्व समुदायले महिलालाई बौद्धिक सम्पतीको सिर्जनामा उत्प्ररित गर्ने हिसाबले नारा पनि राखेको छ । नेपालीमा यसको अर्थ नवप्रवर्तन अनि सिर्जनात्मकतामा महिलाको भूमिका भन्ने रहन्छ । कथाकारले कथा लेखेरै खान पाउन्, उनका कथा अनि चरित्रहरु नचोरिउन् । कविले कवितामै जीवन पाउन अनि उनका कवितामा उनैको मात्र अधिकार रहोस् अनि हरेक सर्जकले आआफ्नो सिर्जनाको मुल्य पाउन् । सर्जक र सिर्जना दुबैको सम्मान होस् । व्यापार, समाज अनि प्रविधी सर्वज्ञ बौद्धिक सम्पतीको रक्षा हुने वातावरण रहोस् । शुभकामना – हाम्राे पात्राेबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: