मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रुकुम । रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।

याे पनि पढ्नुस  ट्यूसन पढेर फर्किदै गरेका बालकको ट्रकको ठक्करबाट मृत्यु

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मुसीकोट नगरपालिकाका–१३ का गंगाराम ददेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

घाइते ददेलको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज सिफारिस गरी पठाइएको छ । मोटरसाइकल अनियन्त्रित भई सडकबाट करीब १५ मिटर तल खसेको प्रहरीको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्