Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुर्गम जिल्ला बझाङको चैनपुरमा निर्धन उत्थान बैंकद्वारा

ब्यवसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

काठमाडौं । नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ वैशाख १० गतेदेखि १२ गतेसम्म दुर्गम जिल्ला बझाङ्गको चैनपुरमा ‘व्यवसायिक उन्नत बाख्रापालन तालिम’ सम्पन्न गरेको बैंकका अत्तरिया क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत नवराज जोशीले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षकहरु ज्ञानबहादुर थापा, नरिलाल जोशी, कर्णबहादुर खडका रहेका छन् ।

एक परिवारमा एकजना उद्यमी बनाउन बैंकले पहल गरिरहेको, बैंकले साँढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस बैंकबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका कार्यक्रम अधिकृत जोशीले बताएका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको चैनपुर शाखा कार्यालयका प्रमुख गौतम ज्ञान थापाले प्रकाश पारेका थिए ।

बाख्रापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाख्रापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातीय परिचय, बाख्रापालन विधि, उमेरअनुसार पाठापाठी, बाख्रा–बोकालाई भुँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय स्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, स्रोतको महत्व एवम् स्रोतको लागि प्रयोग गरिने वस्तुहरु, उमेरअनुसार बाख्रालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु (भुँई घाँस, डाले घाँस, चरन क्षेत्र बारे जानकारीको साथै सन्तुलित दाना बनाउने विधि र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, प्रजननको लागि बाख्रा तथा बोकाको छनौट गर्ने तरिका, प्रजनन गराउने उमेर, स्वजातिय तथा प्रजातीय प्रजननबाट हुने फाइदा–बेफाइदाबारे जानकारी, थारा, ब्याउने बाख्रा, पाठा र पाठी र ब्याएको माउको हेरचाह, खोर, दानापानी दिने भाँडाहरुको सरसफाइको साथै खसी पार्ने उमेर र तरिकाबारे आवश्यक जानकारी, रोग तथा निरोगी बाख्राको पहिचान, रोग लाग्नाका कारण तथा बाख्रामा लाग्ने पिपिआर रोग, टिम्पेनी, छेरौटी रोग, बाखाको छ मासे रोग, खोरेत रोग, रेविज रोगको लक्षण, उपचार तथा रोकथामका उपाय बारे जानकारी, बाख्रामा हुने आन्तरीक र वाह्य परिजिविहरुको नियन्त्रण साथै खोप कार्यक्रम बारे जानकारी, स्थानीय बाख्रापालनको महत्व, कमी, कमजोरी, संरक्षण तथा विकास, बजार ब्यवस्थापन, बाख्रापालनको स्किम, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने चैनपुर शाखाका शाखा प्रमुख श्री गौतम ज्ञान थापाले बताएका थिए ।

यो निर्धन उत्थान बैंक लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । बैंकले १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याई रहेको छ । बैंकले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस बैंकले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।

बैंकले २०७४ चैतसम्ममा ३ लाख ९ हजार घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । बैंकले २०७४ चैत्रसम्ममा लगानीमा रहेको कर्जा रु. १४ अरब ७८ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ८८ करोड बचत परिचालन गरेको छ ।

तालिमको अन्त्यमा ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । बाख्रापालन गरी रहेका बैंकका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको बैंकका कार्यक्रम अधिकृत जोशीले जानकारी गराएका थिए । तालिमको संचालन शाखा प्रमुख श्री गौतम ज्ञान थापाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: